निराजन घिमिरे, मङ्सिर २२- पुर्वि नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्टले अर्को अन्तरराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपियन सोसाईटी फर क्वालिटी रिसर्च (ESQR) नामक संस्थाले कलेजलाई क्वालिटी अचिभमेन्ट अवार्ड २०२१ ले सम्मान गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा कलेजले जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्राचार्य एवं प्राध्यापक इञ्जिनियर हरि भण्डारीले युरोप, एसिया, अमेरिका र अफ्रिकाका विभिन्न देशहरु र अष्ट्रेलियाका विभिन्न संस्था, कम्पनी र संगठनहरुले यो अवार्ड प्राप्त गरेको जानकारी गराउनुभयो । ‘यो अवार्ड हाम्रो कलेजको मात्रै प्रतिष्ठाको विषय होइन , यो राष्ट्रको प्रतिष्ठा र गौरवको विषय हो ।’ प्राध्यापक भण्डारीले बताउनुभयो । यस्ता अवार्डले नेपाललाई चिनाउन मदत गर्ने भन्दै उहांँले अवार्ड प्राप्त गरेपछि जिम्मेवारी र दायित्व थपिएको बताउनुभयो ।
युरोपियन सोसाईटी फर क्वालिटी रिसर्च (ESQR) ले यहि डिसेम्बर ११ तारिखमा युएईमा आयोजना गर्ने एक कार्यक्रममा यो अवार्ड प्रदान गरिने बताईएको छ । अवार्ड ग्रहण गर्नको लागी कलेजको १६ जनाको टिम भोली विहिबार युएई तर्फ प्रस्थान गर्ने कलेजले जनाएको छ । कलेजले अहिले सम्म राष्ट्रिय अन्तरराष्ट्रिय गरि १८ ओटा अवार्ड पाईसकेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कलेज संगै विश्वका विभिन्न ७६ प्रख्यात कम्पनीहरुले यो अवार्ड पाएका छन् । जस मध्य नेदरल्याण्डको फिलिप्स कम्पनी, जर्मनीको बिएम्डब्लु ग्रुप, अमेरिकाको डेल्टा एअरलाइन्स, एअर क्यानाडा, स्टेट बैंक अफ ईन्डिया लगायत छन् । नेपालमा यो अवार्ड पाउने अक्सफोर्ड कलेज पहिलो संस्था रहेको जनाईएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर २०५७ बाट संचालनमा आएको कलेजले +२, स्नातक र स्नाकोत्तर तहका विभिन्न कक्षाहरु संचालन गर्दै आईरहेको छ । कलेजका हाल २२०० भन्दा बढी विद्धार्थी अध्ययन गरिरहेका छन् । जसमध्य २०० बढी विद्धार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
https://ujyaalonepalnews.com/archives/16673


