निराजन घिमिरे, २८ पौष, चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाको अठारौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । खैरहनी नगरपालिकाको कंकाली पिकनिक स्पोटमा सभा सम्पन्न भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाल र भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रशासकीय प्रमुख प्रेम ढकाल विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा रत्ननगर १६ का वडा सदस्यहरु विष्णु प्रसाद रिमाल,रिता बिक,नेत्र रायमाझी, एकिकृत कृषक बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णु प्रसाद अर्याल, कंकाली दुग्ध सहकारीका अध्यक्ष इन्द्रजित खड्का, पिठुवा दुग्ध सहकारीका उपाध्यक्ष बैकुण्ठ अधिकारी, युनाइटेड इन्सुरेन्स नारायणगढ शाखाका प्रमुख प्रयास श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले सरकारले कृषकहरुलाई कृषक परिचय पत्र जारी गरेर त्यसको आधारमा सेवा सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले आफुपनि कृषक नै भएको उल्लेख गर्दै सहकारीलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्न आफु सदैव तयार रहेको बताउनुभयो । संस्थाको गोदाम निर्माण गर्नको लागी वडा कार्यालयको तर्फबाट बजेटको व्यवस्था गरिएको उँहाको भनाई छ । कार्यक्रममा भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रशासकीय प्रमुख प्रेम ढकालले पनि शुभकामना मन्तव्य राख्नु भाएको थियो ।

संस्थाका अध्यक्ष युवराज थापाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक शिव प्रसाद पुडासैनिले संस्थाको निती कार्यक्रम तथा लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको नीति तथा कार्यक्रममा कृषकहरुको पशुको कम्तीमा वर्षको २ पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्ने, शेयर सदस्यका एकाघरका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने, शेयर सदस्यहरुलाई अवलोकन भ्रमणको व्यवस्था मिलाउने, संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, शेयर सदस्यको निधन भएको अवस्थामा (आत्महत्या बाहेक) परिवारलाई १५ हजार अनुदान उपलब्ध गराउने, लगायत कार्यक्रम समेटिएका छन् ।

कार्यक्रममा १ बर्षको अवधिमा सबैभन्दा धेरै ४२ हजार ५९ लिटर दुध उत्पादन गर्ने संस्थाका अध्यक्ष युवराज थापा सहित १९ जना कृषकलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । सम्मानित हुने कृषकहरुमा होम बहादुर भण्डारी,चक्र गुरुङ,देजिब थापा,बुद्धि बहादुर थापा,सोविता अधिकारी,शिव प्रसाद पुडासैनी,सालीग्राम नेपाल,भुषण बहादुर नेपाल,रामशरण न्यौपाने,टेक प्रसाद न्यौपाने,प्रकाश खनाल,गणेश कार्की,शान्ती तामाङ,बिष्णु गुरुङ,शोभा गुरुङ,दिल बहादुर थापा,सावीत्री थापा र गणेश अधिकारी रहेका छन् ।

सभामा कृषकसंगै संस्थामा स्थापना काल देखि नै कार्यरत रही संस्थाको विकासमा महत्वपूर्ण योगदान गर्ने संस्थाका व्यवस्थापक राजु बुढाथोकी र सहयोगी ध्रुब बुढाथोकीलाई पनि सम्मान गरिएको छ । संस्थाले आफ्ना शेयर धनीहरुलाई गत वर्षको आम्दानी बाट पन्ध्र पतिशतको दरले नगद लाभांस समेत वितरण गरेको छ । कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष शिवराम नेपालले अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संस्थाका लेखा समिति सदस्य अनुप बुढाथोकीले संचालन गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/17180


