Home Uncategorized प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

प्रलेस काठमाडौँको अध्यक्षमा विद्रोही

काठमाडौं- प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले शुभारम्भ गर्नुभएको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्षम मण्डल गठन गरिएको थियो । प्रलेसको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।

https://ujyaalonepalnews.com/archives/18121

Previous articleपहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
Next articleमेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।