Home Uncategorized तीन दिन मौसम बदली रहने

तीन दिन मौसम बदली रहने

काठमाडौं- अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सफा रहने अनुमान छ । प्रदेश–१ का पहाडी भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघगर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भागमा सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।

https://ujyaalonepalnews.com/archives/18261

Previous articleमेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा
Next articleपोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।