Home Uncategorized सौराहामा भुपुसैनिकहरुको भेटघाट कार्यक्रम सम्पन्न

सौराहामा भुपुसैनिकहरुको भेटघाट कार्यक्रम सम्पन्न

निराजन घिमिरे, चैत १८, चितवन- नेपाली सेनाको सिग्नल तालिम केन्द्र बाट २०४७ साल चैत १८ मा पासआउट भएका बहालवाला तथा भूपू सैनिकहरुको सौराहामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । २०४७ सालमा एकैपटक जागिर सुरु गरेका देशका विभिन्न जिल्लाका ९२ जना सैनिकहरुको सौराहामा दोश्रो भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

जागिर अवधीभरी कर्तव्यनिर्वाहको क्रममा संगै रहेर हाल आ-आफ्नो गृहजिल्लामा रहेका भूपू सैनिकहरु विचको आत्मिय सम्बन्धलाई अझ प्रगाढ बनाउनु कार्यक्रमको उदेश्य रहेको छ।

त्यस्तै देशकै तेश्रो पर्यटकिय गन्तव्य सौराहाको पर्यटन प्रवर्धनमा टेवा पुर्याउन सौराहामा कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक भूपू सैनिक तथा रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । गतसाल सोहि कार्यक्रम मुग्लिंनमा सम्पन्न गरिएको थियो ।

 

 

https://ujyaalonepalnews.com/archives/18289

Previous articleरत्ननगरमा गुडिरहेको कारमा आगलागी
Next articleनेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।