निराजन घिमिरे, वैशाख १५- चितवनको रत्ननगर १६ मा नेकपा समाजवादीले वडाध्यक्ष सहित सबै पदमा मनोनयन दर्ता गराएको छ । सत्ता गठबन्धनमा भएको सहमती अनुसार १६ नं. मा नेपाली कांग्रेसले वडाध्यक्ष पाउने सहमती भएपनि अन्तिम समयमा समाजवादीले सबैपदमा उम्मेदवारी दिएको हो ।
समाजवादीले वडाध्यक्ष पदको लागी विष्णुप्रसाद अर्जेललाई अघि सारेको छ भने खुल्ला तर्फको सदस्य पदको लागी ईश्वर कुमार श्रेष्ठ र नेत्र बहादुर रायमाझीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै महिला सदस्य तर्फ पम्फा माया मगर र दलित महिला सदस्य पदको लागी सर्मिला बि.क को उम्मेदवारी परेको छ ।
रत्ननगरका १६ वडा मध्ये समाजवादीले १४ वडामा वडाध्यक्ष सहित वडासदस्यहरुमा उम्मेदवारी दिएको छ । बाँकी २ वटा वडामा भने समाजवादीले उम्मेदवारी दिन सकेन । रत्ननगरको वडा नं ४ र वडा नं ५ मा उम्मेदवार नपाएपछि उम्मेदवारी दिन नसकेको हो । वडा नं ४ मा ओमलाल सापकोटालाई टिकट दिइएको भएपनि उनी उम्मेदवारी दिन नगएको जनाइएको छ । वडा नं ५ मा झिनो संख्यामा रहेको सो पार्टीले वडाध्यक्ष र वडासदस्यमा उम्मेदवारी दिने मान्छे नपाएको बुझिएको छ ।
गठबन्धनमा कलह भएपछी कांगेस, माओवादी केन्द्र, समाजवादी लगायतका दलहरुले आ-आफ्नो हिसाबले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ता गराएपनि दलहरु छलफलमा व्यस्त छन् । उम्मेदवारी फिर्तालिने दिन सम्ममा सहमती जुटाएर उम्मेदवारी फिर्ता गराउने दलहरुको तयारी छ ।
https://ujyaalonepalnews.com/archives/19445


