Home Uncategorized नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो       

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो       

काठमाडौँ   । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर दुई हजार २३८.६२ अङ्कमा ओर्लिएको छ ।    
    
यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ मा सीमित भएको छ । कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भयो ।    
    
कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैङ्किङ १६, व्यापार ४९.४९, होटल तथा पर्यटन ५९.१३, विकास बैङ्क ८८.४४, जलविद्युत् ६६.८१, वित्त ४८.१९, निर्जीवन बीमा २६५.४२, उत्पादन ५६.२६, अन्य २०.२८, लघुवित्त ७३.३७, जीवन बीमा २६०.१५, सामूहिक लगानी कोष ०.१३ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ ।    
    
कारोबारका भएका मध्ये पाँच कम्पनीको मात्रै शेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको शेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पुँजीकरण रु ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ बराबर रहेको छ ।    
    
कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु आठ करोड ४५ लाख ८७ हजार २३२ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एसिया बैङ्क रु छ करोड ७३ लाख ६१ हजार ६३६, नबिल बैङ्क रु चार करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी रु चार करोड ४४ लाख ६५ हजार १९० र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु चार करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।    
    
नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एनआइसी एसिया सेलेक्ट फण्ड १.८४, आरएमडिसी लघुवित्त १.२७, कालिका पावर कम्पनी ०.९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०.७१ प्रतिशतले कमाए ।    
    
त्यस्तै घलेम्दी हाइड्रो पावर ६.८६, मैलुङखोला जलविद्युत् कम्पनी ६.८१, शिवश्री हाइड्रोपावर ६.६३, युनियन हाइड्रोपावर ६.५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतले गुामए ।  रासस 

https://ujyaalonepalnews.com/archives/19771

Previous articleजीवन बीमा कम्पनीहरूसँग अन्तरक्रिया
Next articleसमस्याग्रस्त सहकारीका विषयमा मन्त्री श्रेष्ठलाई समितिले बुझायो प्रतिवेदन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।