रत्ननगर १ मा एमाले घरदैलो तीव्र

चितवन, वैशाख २३ । स्थानिय तहको चुनाव नजिकिँदै गर्दा एमाले रत्ननगरले घरदैलो तिब्र पारेको छ । रत्ननगर वडा नम्वर १ मा एमाले रत्ननगरले शुक्रवार घरदैलो गरेको छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार भोट माग्न पुग्ने गरेकाछन् ।

घरदैलोमा मेयर पदका उम्मेदावार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक, वडा नं. का वडा अध्यक्ष पदका उमेदवार शालिग्राम पराजुली, वडा सदस्य बाबुराम श्रेष्ठ, दोवराज खत्री, सुनिता कुवर, बिभादेवी परियार लगाएत कार्यक्रताहरुले मतदाताका घरदैलोमा पुगी मत मागेका थिए ।

घरदैलोमा नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य प्रेमनाथ दुवाडी, प्रताप डल्लाकोटी, शंकर गिरी, नेकपा एमाले रत्ननगर नगर कमिटी सचिव शिव सुवेदी लगाएतको उपस्थिती थियो ।

https://ujyaalonepalnews.com/archives/19786

Previous articleपल्पामा घरमा आगलागी हुँदा वृद्धाको मृत्यु
Next articleकर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।