Home Uncategorized संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

काठमाडौं- संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिनुभयो ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उहाँले जानकारी दिनुभयो । बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/20028

Previous articleचौरीदेउरालीको प्रभा माविमा मतदान स्थगित, मतपेटिका फुटाइयो
Next articleनिर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।