चुनाव हार–जीतमा खसी बाजी राख्ने दुई पक्राउ

खोटाङ- बालेन्द्र साहको जीत÷हारमा खसीको बाजी गर्ने खोटाङका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्का जेठ २ गते दिउसो पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका बालेन्द्र साहले चुनाव जिते वा हारे २८ किलोको खसीको लिखित गरेरै बाजी राखेका थिए । यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

उनीहरुलाई पक्राउपछि अनुसन्धान थालिएको डिएस्पी लम्सालको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/20214

Previous articleगौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको पर्यटन र दीगो आर्थिक विकासको आधार : प्रधानमन्त्री देउवा
Next articleरत्ननगर ३ मा गठबन्धनको विजय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।