Home Uncategorized मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

धनुषा- मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको छ । हिजो बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गर्नुभएको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो ।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।-

https://ujyaalonepalnews.com/archives/22745

Previous article२५ दिनमा पुँजीगत खर्च ५२ अर्ब, शनिबार मात्र १५ अर्ब बराबर पुँजीगत खर्च भयो
Next articleआगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायकः अध्यक्ष नेपाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।