२२ असोज – गोरखामा रूखमा झु’न्डिएको अवस्थामा एकै परिवारका तीन जनाको श’व फेला परेको छ। भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झु’न्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।
सात वर्षका दुई बालकको काप्राको रूखमा झु’न्डिएको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘बुबा हेमबहादुरको श’व अर्कै रूखमा भेटिएको छ।’ घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रूखमा झु’न्ड्याएर ह’त्या गरी आफूले आ’त्मह’त्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।
घरबाट झन्डै डेढ किलोमिटर पश्चिम-दक्षिणमा छोराहरूको श’व एउटै डोरीमा झु’न्डिएको अवस्थामा फेला परेको उनले बताए। बुबा हेमबहादुरको श’व भने बालकहरू झु’न्डिएको रूखभन्दा केही पर अर्को रूखमा फेला परेको हो। घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको प्रहरी उपरीक्षक खनालले बताए।
‘घटना कसरी भयो भनेर खुल्न बाँकी नै छ,’ उनले भने, ‘शवको मु’चुल्का उठाउनका लागि प्रहरीको टोली घ’टनास्थलमा पुगिसकेको छ। तीनै जनाको शव पोस्ट’मर्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ।’
बिहान स्थानीयले रूखमा मान्छे झु’न्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए।
https://ujyaalonepalnews.com/archives/24583


