Home Uncategorized पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे T-20 विश्व कपकाे उपाधि

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे T-20 विश्व कपकाे उपाधि

काठमाण्डाै – पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।

पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।

याे उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्‍याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेकाे थियाे ।

https://ujyaalonepalnews.com/archives/24928

Previous articleरवि लामिछानेको टोलीमाथि गठबन्धनबाट आक्रमण, गाडी तोडफोड
Next articleचुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि चितवन आउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।