Home Uncategorized नेपाली महिलालाई कुवेत पुर्याएर झन्डै ४ लाख रुपैयाँमा विक्री गर्ने व्यक्ति प्रक्राउ

नेपाली महिलालाई कुवेत पुर्याएर झन्डै ४ लाख रुपैयाँमा विक्री गर्ने व्यक्ति प्रक्राउ

काठमाण्डौ – रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन क्रियाकलापमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–३ घर भइ काठमाण्डौ बस्दै आएका ४१ वर्षीय प्रकाश शाही ठकुरी भन्ने प्रकाश धिताललाई गएको सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित राधिका (परिवर्तित नाम)ले दिएको जाहेरीका आधारमा उनलाई काठमाण्डौबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार धिमालले राधिकासहित तीन/चार जना अरु महिलालाई गएको बैशाख १२ गते कुवेत लगेका थिए । फ्री भिसा फ्री टिकेट भन्दै राहदानी बनाउने लगायत सबै खर्च आफैले बेहोरेर कुबेत पुर्‍याइ प्रत्येकलाई ९ सय कुवेती दिनार (झण्डै ३ लाख ८४ हजार नेपाली रुपैयाँ)मा बिक्री गरेको खुलेको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता दानबहादुर मल्लका अनुसार दैनिक २० घण्टा काम गर्नुपर्दा बिरामी भएपछि राधिकालाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यहीबेला राधिकाले घरमा बुवालाई फोन गरेर आफू बेचिएको कुरा सुनाउनुभयो । राधिकाका बुवाले आफ्नी छोरी बिरामी भएकाले नेपाल झिकाउनका लागि प्रतिवादी धितालसँग अनुरोध गर्दा उल्टै पाँच लाख रुपैयाँ माग गरे । त्यति रुपैयाँ दिन नसक्ने भएपछि राधिका अस्पतालबाट भागेर दूतावासको सम्पर्कमा जानुभयो ।

राधिकालाई गएको असोज १४ गते कुवेतबाट उद्धार गरी नेपाल ल्याइएको थियो । त्यसपछि उहाँले पीडितलाई कारबाही गरीपाउँ भनि पुस २५ मा ब्युरोमा जोहरी दिनुभयो । प्रवक्ता मल्लका अनुसार धितालले अन्य १० जना नेपाली महिलालाई पनि कुवेत लगेर बिक्री गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/26199

Previous articleरवि लामिछानेलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आ’त्मदाहको प्रयास
Next articleदलालले कामदार ठगेपछी नेपालबाट ‘मौसमी कामदार’ नलैजाने बेलायतको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।