Home Uncategorized सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, ५० हजार जरिवाना

सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, ५० हजार जरिवाना

अछाम- अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुट’पिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ। पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो।

अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अ’पमान तथा अमा’नवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ। भदौ ८ गते दुई बुहारीले जयसरालाई कुट’पिट गरिरहेको भिडियो पी’डितका नातिले फेसबुकमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो।

अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमा’नवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

पीडित जयसरालाई कुट’पिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो। सूचना उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका भएको भन्दै बालकलाई सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री रणबहादुर रावलबाट सम्मानित गरिएको थियो।

https://ujyaalonepalnews.com/archives/26252

Previous articleचितवनमा विद्यालय नै बन्द गरेर शिक्षकहरू साथीको विवाहमा
Next articleरविको आरोप पछि कान्तिपुरका मालिकले खोले मुख, के के भने हेर्नुहोस् पूरा विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।