Home Blog Page 103

फ्लाई दुवईको उडान बाट काठमाडौं झरेका चन्द्र घलेको शरीरमा १४ किलो सुन

काठमाडौँ, मङ्सिर २२ गते । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।

पूर्वप्रेमिकाको अश्लिल फोटो भिडियो श्रीमानलाई पठाईदिने चितवनका युवा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा चितवनका एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् ।

प्रहरीका अनुसार पीडित महिला र युवकबीच एक वर्षअघि भेट भएको थियो । त्यही क्रममा उनीहरूबीच सामान्य भेटघाट तथा तस्वीर र भिडिओ आदानप्रदान भएको थियो । त्यसको केही समयपछि ती महिलाको बिहे अर्कै पुरुषसँग भयो ।

त्यसपछि महतोले महिलाको फोटो तथा भिडिओ सम्पादन गरेर अश्लील बनाई उनका श्रीमानलाई पठाइदिए । यसरी वैवाहिक जीवनमै आँच आउने र चरित्रहत्या गरेको भन्दै युवतीले उजुरी दिइन् ।

त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।

छोराको मृत्यु भएपछि सासूले गरिदिइन् बुहारीको विवाह

विराटनगर, मंसिर २१- वैदिक परम्परा अनुसार सुनसरीको इटहरीमा सासुले बुहारीको विवाह गरिदिएकी छन् ।

इटहरी उपमहानगरपालिका–२ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो

२०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्र्याएको थियो । जानुकाले भनिन्, “मेरी कान्छी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा विवाहदान गरेर बिदाइ गरेँ ।”

जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच मागीविवाह भएको थियो । फडिन्द्रको २०७१ सालमा मृत्यु भएको थियो ।

सुनसरीको डुम्राहाका रमेश रेग्मीले प्रस्ताव गरेपछि आफूहरूले राजीखुसी विवाह गराइदिएको पुण्यले बताए । ‘बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो’, उनले भने, ‘पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।’

रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआईसी एसिया लघुवित्तमा कार्यरत छिन् ।

सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका निम्ति उदाहरण भएको बताए । कर्मघरबाट छोरीका रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन् ।

अर्किड डान्सिङ स्टार २०८० को उपाधी पृतिका अधिकारीलाई ।

भरतपुर मङ्सिर २१ , अर्किड माध्यमिक विद्यालय भरतपुरद्वारा आयोजित अर्किड डान्सिङ स्टार -२०८० को उपाधी पृतिका अधिकारीले प्राप्त गरेकी छन्।

मंसिर ८ बाट सुरु भएको उक्त उपाधिको पहिलो चरणमा बिद्यालयका १३० जना विद्यार्थीहरूले भाग लिएका थिए, कार्यक्रम मेघा राउन्ड, सेमि फाइनल राउन्ड हुँदै आज फाइनल राउन्डमा प्रवेश गरेको थियो।

यस प्रतियोगिताको फर्स्ट रनरअप को उपाधी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधी आरुषी रेग्मीले प्राप्त गरे।  कार्यक्रममा विजयीहरूलाइ पुरस्कार वितरण विद्यालयका प्रवन्ध निर्देशक आकाश पौडेलले गर्नुभएको कार्यक्रम संयोजक एवम विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख प्रतीक्षा श्रेष्ठले जनाउनुभयो ।

रत्ननगर मेयर कप : भरतपुरलाई पराजित गर्दै माडी फाइनमा प्रवेश

रत्ननगर । माडी नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत विहीबार भएको सेमिफाइनल खेलमा भरतपुर महानगरपालिकालाई पराजित गर्दै गरी माडी नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।

माडी नगरपालिकाले भरतपुर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेको हो । माडीलाई फाइलनको यात्रा तयको लागि अभिषेक महतोले निर्णायक गोल गरेका थिए ।

उनी म्यान अफ दी म्याच घोषित भएका छन् । रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण महतो उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

शनिबार हुने फाइनल खेलमा माडीले रत्ननगर नगरपालिकाको सामना गर्नुपर्ने छ । बुधबार भएको सेमिफाइलन खेलमा इच्छाकामना गाउँ पालिकालाई पराजित गरी रत्ननगर फाइनल प्रवेश गरिसकेको छ ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

रत्ननगरकी एक महिलाले गरिन् आत्मदाहको प्रयास

चितवन, मंसिर २१- चितवनको रत्ननगर नगरपालिका–८ बाघमारामा एक महिलाले आफ्नै शरिरमा आगो लगाई आत्मदाह गर्ने प्रयास गरेकी छन् ।

बाघमाराकी ४१ वर्षीय बिनिमाया कुमालले गएराति १:१५ बजे आत्मदाहको प्रयास गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । कुमालको अवस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिला प्यारालाईसिस र मानसिक बिरामी रहेको पाइएको प्रहरीले बताएको छ । के कारणले आत्मदाहको प्रयास गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

देशमा धेरै ठाउँको मौसम धुम्म, पानी नपर्ने मौसमविदको भनाइ

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताउनुभयो ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

कालिका- १० श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई पोशाक वितरण

रत्ननगर, मंसिर २० । कालिका नगरपालिका वडा नं १० मा रहेको श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

सो विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई शान्ति गृह नेपालले विद्यालय पोशाक वतरण गरिएको हो । बुधवार विद्यालयमा आयोजित कार्यक्रममा कालिकका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ, शान्ति गृह नेपालका निर्देशक निर्देशक राजिव नेपाली, कार्यक्रम संयोजक विदुर काजी नेपाली तथा नगरपालिकाका कर्मचारी लगाएतले सो पोशाक हस्तान्तरण गरेका थियो ।

शान्ति गृह नेपालले ६० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको कार्यक्रम संयोजक विदुर काजी नेपालीले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख रेग्मीले सो विद्यालयमा शान्ति गृह नेपालले गरेका कामहरुको बारेमा प्रशम्सा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, सामाजिक विकाश समितिका संयोजक तथावडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, लेखा शाखा प्रमुख ऋषि प्रसाद कडुवाल, विद्यालयका प्राध्यानाध्यापक भिम वहादुर तामाङ, कालिकाका सुचना प्रविधि अधिकृत धनश्याम बास्तोला लगाएतको उपस्थिति रहेको थियो ।

रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो ।

रत्ननगरले इच्छाकामनालाई १–० गोल अन्तरले पराजित गरेको हो । रत्ननगरले गत बर्ष आयोजित मेयर कपको उपाधि जित्न सफल भएको थियो । रत्ननगरलाई जिताउन अभिषेक महतोले निर्णायक गोल गरेका थिए ।

उनी म्यान अफ दी म्याच घोषित भएका छन् । खेलकुद विकास समितिका संयोजक कृष्ण महतो र नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

विहीबार भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच फाइन प्रवेशका लागि खेल हुने आयोजकले जनाएको छ ।

ब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल

काठमाडौं,२० मंसिर । ब्लड क्यान्सरबाट पीडित भएका गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं -३ का १४ बर्षिय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएका दिवसको परिवारले सहयोगको याचना गरेका हुन् ।

परिवारिक स्रोतका अनुसार खनालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

‘अहिलेसम्म उपचारमा ४ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका बुवा बिष्णु खनाल भने, ‘थप १२-१५ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा बिण्णु प्रसाद खनालको माेबाइल नं 9825186259 सम्पर्क गर्न वा रास्ट्रिय बाणिज्य बैंक खाता नम्बर 3210100006076010 मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् ।