Home Blog Page 102

घाटमा लैजान लागेका व्यक्ति जीवितै प्रकरणमा यस्तो छ- अस्पतालको भनाइ

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको अवस्थामा परिवारले हामीसंग पैसा तिर्न नसक्ने भनेर अस्पतालबाट निकालेर लागेको अस्पतालले जनाएको छ।

उपचार गर्न नसक्ने भनेर बिरामी लिएर गएको हो मृत घोषणा गरेका होइनौ : मेट्रो न्युरो अस्पतालका प्रमुख मेहता

तर बाहिर अस्पतालले मृत घोषणा गरेको भनेर भ्रम फैलाईको अस्पतालका प्रमुख सन्तोष कुमार मेहताले जानकारी दिए। बिरामीलाई आईसीयुमा राखेर उपचार गराई राखेको अवस्थामा उनका आफन्तले उपचार गर्ने पैसा नभएको भन्दै म मेरो बिरामीलाई कुनै पनि औसधीहरु नचलाउने भनि सहिछाप गरेर बिरामी लिएर गएको प्रमुख मेहताले बताए।

‘यहाँबाट उपचार गर्न नसक्ने भनेर बिरामी घर लिएर जाने अनि अस्पतालले मृत घोषणा गर्यो भनेर भ्रम फैलाउने, के उनीहरुसंग मृत्यु प्रमाणपत्र छ, उनले भने प्रमाणपत्र भए देखाऊ भन्नुहोस, के हामी जिवितै मान्छेलाई मृत घोषणा गर्छौ त्यस्तो नचाहिने कुरा गर्ने।’

उनीहरुले बिरामी लिएर गएको सीसीटिभी फुटेज देखि सबै प्रमाण आफूहरुसंग सुरक्षित रहेको र भ्रम फैलाउन खोज्नेलाई कानुनी कारबाही गर्ने उनले बताए। बरु आस्पतालले पैसा नभए ५० प्रतिसत छुट दिन्छौ वडामा पनि गएर जनप्रतिनिधि संग कुरा गर्न भनेर पठाएको उनले बताए।

उनीहरुमा अशिक्षाको कारण जिवितै मान्छेलाई मृत भएर बाहिर फैलाएको र अहिले जिल्ला अस्पताल इनरुवामा उपचारको लागि लागिएको इनरुवा नगरपालिका–३ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताए।

‘मुसहर जाति खासै शिक्षित हुदैनन्,अस्पतालसंग बुझ्दा मृत उपचार गर्ने पैसा नभएर बिरामी निकालेर आएको बुझियो,हामीले पनि उनको परिवार संग बुज्दा मारगेले – मारगेले भनेको सुन्यौ अध्यक्ष श्रेष्ठले राजधानीसंग भने,अहिले हामी जिल्ला अस्पताल इनरुवामा छलफल गर्दै छौ।’ दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेको भने सत्य रहेको उनले बताए। योगेन्द्र योगी/ राजधानी दैनिक

मेनुका पौडेललाई चर्चित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका

काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन्- मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् ।

मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजीएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठूलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुशिको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

साथै मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

छोराले गरे आमालाई घर निकाला, श्रीमानको काजकिरिया समेत घरवाहिरनै गर्न वाध्य

गुल्मी, मङ्सिर २४ गते । गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउने पानीमा छोराहरूले आमालाई घर निकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।

८४ वर्षीया पवि खत्री क्षेत्रीलाई छोराहरूले मगर समुदायको भन्दै घर निकाला गरेपछि उहाँले सोही गाउँको एक बहुउद्देश्यीय कृषि सहकारी संस्थाको भवन बसेर श्रीमानको काजकिरिया गर्नुभएको थियो ।

विसं.२०२८ सालमा तुलबहादुर खत्रीसँग विवाह गरी घरजम गर्नुभएकी उहाँले मङ्सिर १० गते श्रीमानको मृत्यु भएपछि काज किरिया गर्न नदिई मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको वडा अध्यक्ष मनीराम थापाले बताउनुभयो । तुलबहादुरले पवि खत्री क्षेत्रीसहित तीन वटी श्रीमती विवाह गर्नुभएको थियो । तर पवि मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको थियो ।

श्रीमानको मृत्यु पश्चात् उहाँलाई घरभित्रै आफ्नो श्रीमानको काज किरिया गर्न नदिएपछि आमाले घरमै काज किरिया गर्न पाउनुपर्छ भन्ने मागसहित छोरी नन्दाकुमारीसहितले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिनुभएको थियो । न्यायिक समितिले पविको पक्षमा निर्णय गर्दै हिन्दु परम्परा अनुसार काज किरिया गर्न पाउनु पर्ने निर्णय गरेको थियो । तर छोराहरूले भने सो निर्णयलाई स्वीकार नगरी अमानवीय व्यवहार गरेको भन्दै तत्काल कारबाही गर्न माग स्थानीयले गरेका छन् ।

पविको तुलबहादुरसँग विवाह पछि एक छोरी नन्दाकुमारी समेत रहेका छन् । तर छोरा लोकबहादुर खत्रीले आमा पवि खत्री क्षेत्रीलाई घर निकाला गरेको र काज किरिया गर्न समेत दिएनन् । स्थानीय महिला समूहको सहयोगमा उहाँले सहकारीको भवनमा बसेर श्रीमानको काज किरिया गर्नुभएको छ ।

वडा अध्यक्ष मनीराम थापा सहित महिला नेतृ विष्णु कुँवरले छोरा लोकबहादुरले आमा र बहिनी माथि अमानवीय व्यवहार गरी अन्याय गरेको बताउनुभयो । मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले भने नागरिकता समेत श्रीमानबाटै बनाएका कारण कानुनी रूपमा आधार भएको र छोराले गरेको व्यवहार गलत भएकाले बताउनुभयो । आमा छोरीलाई अन्याय भएको बताउनुहुँदै उहाँले कानुनी कारबाहीका लागि सहयोग गर्ने बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ !

१७ वर्षका किशोरले पोखराबाट बस चोरेर चितवन पुर्‍याए

चितवन,मंसिर २४-

पोखरामा बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पोखराबाट बस चोरेर चितवन ल्याएको अवस्थामा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षिया किशोर पक्राउ परेका हुन्।

किशोरलाई चितवनको आँपटारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस मंसिर २२ गते शुक्रबार हराएको थियो। पार्किङ गरेर राखेको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

फ्रि भिषा फ्रि टिकटमा विदेश जान चाहना छ ? यँहा क्लिक गर्नुहोला।

खोजतलासको क्रममा चितवनको भरतपुर लैजाँदै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उनका अनुसार किशोर आफैले चलाएर बस भरतपुरको आँपटारीतर्फ ल्याउँदै थिए । प्रहरीले किशोरसहित बसलाई नियन्त्रणमा लिएको छ।

चितवनका क्याम्पस प्रमुख भन्छन् : रवीमा कोरीयनको जस्तो रफ्तार दिन्छु। भिडियो हेर्नुहोस। 

जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए। चोरी आरोपमा पक्राउ परेका किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा चलाउने तयारी गरिएको उनले बताए।

यसैबिच, स्कुटर चोरी गरेको आरोपमा अर्का एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। पोखराका दुई छुट्टाछुट्टै ठाउँमा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले बागलुङ घर भई पोखरा–१६ दीप बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

चितवनमा विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु, एक जना घाइते

चितवन । चितवनको खैरहनी नगरपालिका–१० सिद्धार्थ चोकस्थित भित्री सडक खण्डमा विजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खैरहनी–२ कासिगाउँ बस्ने २५ वर्षीय मनिष भट्टराई रहेका छन् भने घाइते हुनेमा ज्यामिरेका २४ वर्षीय सचिन साह रहेका छन् ।

साहको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शनिवार साँझ ६ः२० बजेको समयमा राप्ती ड्याक साइडबाट पर्सातर्फ जाँदै गरेको ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

पोलमा ठोक्किएर घाइते भएका भट्टराई र साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको थियो ।

भट्टराईको उपचारको क्रममा शनिबार राति ७ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

चितवनमा बोलेरोको ठक्करबाट एक शिक्षकको मृत्यु, दुई जना घाइते

चितवन । चितवनको माडी नगरपालिकामा बोलेरोले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६–००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

बेलेरोको ठक्करबाट गभ्भिर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

मृतक खत्रीले माडीको सोमेश्वर माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । मृतक पौडेल सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुन् । यस्तै अन्य दुई जना घाईते भएका छन् ।

मोटरसाइकलमा सवार सोही विद्यालयका लेखापाल सुर्य अधिकारी र शिक्षक भुवानी पौडेल घाइते भएका छन् ।

गम्भिर घाइते भएका अधिकारीको थप उपचारका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएको छ । पौडेलको अहिले बगौडा अस्पतालमा उपचार भइरहेको छ ।

कयर खोलामा मानव कंकाल फेला।

२३ मंसिर ,चितवन- पुर्वी चितवन खैरहनी नगरपालिका वडा -४ नव कंकाली टोल नजिक रहेको कयर खोलाको छेउमा आज दिउँसो मानव कंकाल फेला परेको छ ।

उक्त कंकाल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मानिसको टाउकोको खप्पर र ८ हड्डीहरु सो स्थानबाट फेला परेको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानबाट मानिसको पहिचान खुल्न नसकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ( तस्वीर: रामेश्वर रिजाल )

सौराहामा भोलीदेखि नेपाल बारको राष्ट्रिय सम्मेलन सुरु हुँदै

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल बार एशोशियनको दुई दिने मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन आइतबार बाट सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन देशभरबाट एक हजार २०० बढी कानुन व्यवसायी सौराहा आएका छन् ।

आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको उद्देश्यका बारेमा जानकारी गराएको हो । बार एशोशियनको केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठक अन्तर्गत मंसिर २४ र २५ गते गरि दुई दिने मानव अधिकार सम्बन्धी सम्मेलन आयोजना गरिएको नेपाल बार एशोशियन चितवनका अध्यक्ष खगराज कँडेलले जानकारी दिए ।

सौराहाको होटल सेभेन स्टारमा हुने मानव अधिकार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका मानव अधिकार उलघनका घटनाका विषयमा बृहत छलफल र बहस गरिने भएको एशोशियनका केन्द्रिय अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

रुस तथा ईजरालमा भएको मावन अधिकार हननका घटना बारे छलफल, बहस केन्द्रित भई चितवन सौराहा घोषणपत्र जारी गरिने घिमिरेले बताए । ईजरायलमा भएको घटनामा मारिएका १० नेपाली विद्यार्थी र बेपत्ता भएका विपीन जोशीको अबस्था सार्वजनिक गर्न सरकारलाई आग्रह समेत गरिने घिमिरेले बताए ।

सम्मेलनमा विश्वभरी घटेका घटना र नेपालमा मानव अधिकारको अबस्था र सरकारको कार्यशैली र उसको दायित्वको विषयमा छलफल हुने छ । टिकटक बन्द गर्ने सरकारको कदमले प्रेस स्वतन्त्रता माथीको हस्तक्षेप भएको ठहर गर्दै बारले यसको विषयमा समेत संस्थागत रुपमा धारणा सार्वजनिक गर्ने छ ।

दुईदिनसम्म चल्ने कार्यक्रममा केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठकको कानुन मन्त्री धनराज गुरुङ र मानव अधिकार गोष्ठीको सर्वोच्च अदालतका न्यायधिश डा। आनन्दमोहन भट्टराईले उद्धघाटन गर्ने कार्यक्रम रहेको महासचिव अजिता खनालले जानकारी दिइन। दुई दिने कार्यक्रममा देशभरीका एक हजार ५०० बढी कानुन व्यवसायी सहभागी हुने नेपाल बार एशोशियनले जनाएको छ ।

त्यसैगरी २५ गतेको कार्यकारिणी परषिद्को बैठकमा देशभरीबाट आउने कानून व्यवसायीहरुले देशको वंतमान संवैधानकि व्यवस्था, संविधानको कार्यान्वयनको अवस्था चुनौती र सुधारको क्षेत्र, विधिको शासनको समिक्षा र सुझावहरुकासाथै मुख्यरुपमा न्याय कानूनका क्षेत्रमा रहेको कमी कमजोरी र सुधारका विषयमा व्यापक र घनभुित छलफल भई ठोस निष्कर्ष सहितका निर्णयहरु गरिने नेपाल बार एशोशियनका उपाध्यक्ष हर्कबहादुर रावलले जानकारी दिए ।

मंसिर २५ गते देखि टिकौली चौरमा दोस्रो रत्न प्रिय कप- २०८० हुँदै

रत्ननगर, मंसिर २३ । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

प्रतियोगिताको तयारी लगभग पुरा भएको र चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १० वटा टिमको सहभागिता रहने क्लवका अध्यक्ष बसन्त रानाले बताए । राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लवले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष रानाले बताए ।

प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार ५५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७७७ रुपैया पुरस्कार सहित उपाधि प्रदान गरिने खेल संयोजक विवेक अम्गाईले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा खेलाडीहरुलाई नगद पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

उत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट खेलाडी, हाइस्कोर, उदयमान खेलाडीलाई पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले रत्नप्रिय क्लवले फुटबल प्रतियोगितासंगसंगै सामाजिक क्षेत्रमा समेत योगदान गरिरहेकाले स्थानीय सरकारले सहकार्य गरेको बताए ।

स्थानीय सरकारसंग सहकार्य गरेर क्लवले चेतनामुलक,सरससफाई जस्ता कार्यक्रम गरिरहेको भन्दै उनले युवाहरुको कामले आफु उत्साहित भएको उनले बताए ।

वडाध्यक्ष अधिकारीले रत्नप्रिय क्लवको प्रयासले टिकौलीचौर सुन्दर बनेको बताए । कार्यक्रम क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए ।

माडीले जित्यो दोस्रो रत्ननगर मेयर कपको उपाधि

रत्ननगर, मंसिर २३ । चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ । घरेलु मैदानमा रत्ननगर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरी माडीले उपाधि रक्षा गरेको हो ।

माडीलाई उपाधि जिताउन सो नगरपालिकाको खेलाडी रितेश क्षेत्रीले निर्णायक एक गोल गरेका थिए । गतबर्ष भएको प्रथम मेयर कपमा रत्ननगरसंग फाइनलमा पराजित भएको माडीले शनिबार सम्पन्न दोस्रो मेयर कपको उपाधि जित्न सफल भएको हो ।

उपाधि जित्न सफल माडीले १ लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले १ लाख १ हजार १११ रूयैया सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

फाइनल खेलमा म्यान अफ दी म्याच माडीमा रितेश क्षेत्र भएका छन् भने प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी रत्ननगरका तेजेन्द्र चौधरी घोषित भएका छन् ।

प्रतियोगितामा विजेता र उपविजेता टिमलाई रत्ननगरका मेयर प्रलाद सापकोटा, माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा रत्ननगरका मेयर सापकोटाले अर्कोबर्ष हुने तेस्रो मेयर कप प्रदेश स्तरीय गर्ने घोषणा गरे ।

बागमती प्रदेशका अन्य नगरपालिकाका समेत समावेश गरी प्रदेश स्तरीय प्रतियोगिता गरिने उनको भनाई छ । समापन कार्यक्रममा माडी नगरपालिकाकी मेयर महतोले मेयर कप फुटबल प्रतियोगितामा जिल्लाका पालिकाहरु बीच अन्तर सम्बन्ध स्थापित गरेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलकुदको माध्यमबाट पालिकाबीचको सम्बन्ध र सहकार्य बढाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

रत्ननगर नगरपालिकाले टाँडी स्थित नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा चितवनका सात वटै पालिकाले सहभागिता जनाएको खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा अधिकृत राजेन्द्र बरालले सञ्चालन गरेका थिए ।