Home Blog Page 18

धादिङमा भएको दुर्घटनामा चितवनका को को परे ? (नामावली)

उज्यालो नेपाल। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा भएको दुर्घटनामा परेका घाइतेमध्ये २५ जना चितवनका रहेको खुलेको छ।

दुर्घटनामा परेको कालिका नगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामको स्कुल बसमा सवार शिक्षक विद्यार्थी र बसचालक घाइते भएका हुन्।
घाइतेमध्ये १८ जना डिस्चार्ज भइसकेका छन् भने सातजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।

घाइतेहरूको नामावली र अवस्था

स्कुल बस मा सवार घाइतेहरू (श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम, चितवन)

उदय बहादुर थापा (४२ वर्ष, चालक)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सुवित थिङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य, डिस्चार्ज।

कबिता सिङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: टाउकोमा १० टाँका, खुट्टामा सामान्य चोट, डिस्चार्ज।

यमवि श्रेष्ठ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: निधारमा १० टाँका, सामान्य, डिस्चार्ज।

रमित परियार (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: दाहिने आँखा माथि १४ टाँका, सामान्य, डिस्चार्ज।

समिर मगर (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: टाउको र ढाडमा सामान्य चोट, डिस्चार्ज।

इस्माईल थिङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (आँखा र दाहिने हातमा चोट), उपचार भइरहेको।

कमला लामिछाने (३२ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टामा चोट), उपचार भइरहेको।

सचिन गुरुङ (१३ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (छातीमा भित्री चोट), उपचार भइरहेको।

शिव लामिछाने (२३ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (दुवै खुट्टामा भित्री चोट), उपचार भइरहेको।

आस्विन प्रजा (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: मध्यम (टाउकोमा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

राधिका चेपाङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (खुट्टामा चोट), ट्रमा सेन्टर काठमाडौँमा उपचाररत।

मिलन तामाङ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य, ट्रमा सेन्टरबाट डिस्चार्ज।

कशिस तामाङ (७ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

सन्तोस प्रजा (१८ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (बायाँ हात र टाउकोमा चोट), डिस्चार्ज।

बिराज तामाङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (घाँटीमा चोट), डिस्चार्ज।

जयराम अर्याल (१२ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (टाउकोमा चोट), डिस्चार्ज।

निशान गुरुङ (१७ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (टाउको र अनुहारमा चोट), डिस्चार्ज।

समिर परियार (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–६, चितवन
अवस्था: सामान्य (नाकमा चोट), डिस्चार्ज।

जसमिन श्रेष्ठ (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–३, चितवन
अवस्था: सामान्य (बायाँ कोखामा चोट), डिस्चार्ज।

कमल गुरा (२० वर्ष)
ठेगाना: कालिका न.पा.–२, चितवन
अवस्था: टाउको सुनिएको, डिस्चार्ज।

रबिना सुनार (१६ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (बायाँ हातमा चोट), डिस्चार्ज।

प्रतिमा मगर (१८ वर्ष)
ठेगाना: इच्छाकामना गा.पा.–७, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टा दुखेको), डिस्चार्ज।

आयुब बि.क. (१४ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (दुबै हातमा चोट), डिस्चार्ज।

बिमला तामाङ (१५ वर्ष)
ठेगाना: कालिका न.पा.–७, चितवन
अवस्था: सामान्य (दाहिने खुट्टा र बायाँ हातमा चोट), डिस्चार्ज।

चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेका विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेको बस मध्य एउटा बस चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको माध्यमिक विद्यालय रेडक्रसग्रामको स्कुलबस रहेको खुलेको छ ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई दुईदिने शैक्षिक भ्रमणमा लिएर गएको बस दुर्घटनामा परेको हो ।

४३ जना विद्यार्थी र ४ जना शिक्षक बसमा सवार रहेकामा ७ जना विद्यार्थी घाइते भएका विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले जानकारी दिए । घाईते मध्ये २ जनालाई उपचारको लागी काठमाडौँ पठाईएको छ।
घाईते विद्यार्थीहरुको उपचार र उद्धारको लागी आवश्यक समन्वय र पहल भईरहेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।

हत्या अभियोगमा रत्ननगरका दराई पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।
कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार लमजुङ प्रहरीलाई बुझाइएको बताए।
यसरी भएको थियो घटना
सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए ।
सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला प¥यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताउनुभयो ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्छन्, ‘उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस (हाल रत्ननगर–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।’ उनका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो ।
सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे । त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताए । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् । उनका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए ।
दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए ।

साथीहरुको नाचगान हेर्नेक्रममा चार तलाबाट खसिन् किशोरी

भरतपुर । शैक्षिक भ्रमणमा सौराहा आएकी एक किशोरीको चार तलाबाट खसेर मृत्यु भएको छ । कक्षा ११ मा पढ्ने १८ वर्षकी स्नेहा पाख्रिन साथीहरुको नाचगान हेर्नेक्रममा होटलको चार तलाबाट खसिन् । उपचारका क्रममा रत्ननगर बकुलहर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार शैक्षिक भ्रमणमा सौराहा घुम्न आएकी पाख्रिन चार तलाबाट खसेर गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल पु¥याइएको थियो । उनको उपचारकै क्रममा बुधबार राति ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना ११ः२० बजेको हो ।

सिन्धुली कमलामाई नगरपालिकाको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजले ९५ जना विद्यार्थी सौराहा घुमाउन ल्याएको थियो ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं–६ को सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजले ९५ जना विद्यार्थीलाई घुमाउन सौराहा ल्याएको थियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष खड्क खत्रीका अनुसार बुधबार बिहान ६ बजे कलेजबाट हेटौँडा, चितवन, पोखरा, काठमाडौँ हुँदै पुनः सिन्धुली फर्कने तालिका बनाएर शैक्षिक भ्रमणमा तीनवटा बसमा ९५ जना विद्यार्थी निस्केका थिए । शैक्षिक भ्रमणमा १० जना शिक्षक, कर्मचारी थिए ।

‘हेटौँडाको शहीद स्मारक पार्क घुम्यौँ, विद्यार्थीहरुलाई नारायणी नदीमा बोटिङ पनि गरायौँ, नवलपरासीको सिजी पनि पुग्यौँ । जब रात पर्न थाल्यो अनि बासका लागि सौराहा आएर होटल पार्क साइडमा बस्यौँ’, अध्यक्ष खत्रीले भने, ‘हामी १०५ जना सबै यही होटलमा बसेका थियौँ, म आफैँ विद्यार्थीको निगरानीमा खटिएको थिएँ ।’

बास बस्ने होटलमा पुगेपछि विद्यार्थीहरुले दिनभरको घुमाइको अनुभव साटासाट गरेका थिए । कोही नाचगान गरिरहेका थिए । कोही होटलमाथिको कोठाबाट सौराहा नगरी हेरिरहेका थिए ।

‘रात छिप्पिँदै जान थालेपछि सबै विद्यार्थीलाई कोठा–कोठामा पु¥याइयो, सबै सुत्न गए । हामी पनि आफ्नो कोठामा आयौँ’, कमलामाई नगरपालिकाका पूर्वप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले भने, ‘होटल तलको कोठाबाट बाहिर निस्केर हाम्रा केही विद्यार्थीले गिटार बजाउँदै नाचगान गर्न थालेछन्, त्यही साथीहरुको नाचगान हेर्नेक्रममा स्नेहा पाख्रिन चार तलामाथि चिप्लेर झ्यालबाट खसिछन्, यस्तो दुःखद घटना घट्यो ।’

घटना घटेको पाँच÷सात मिनेटमा स्नेहालाई रत्ननगर बकुलहर अस्पताल ल्याइपु¥याइएको थियो । उपचारको क्रममा चिकित्सकहरुले मृत घोषणा गरेका उनले बताए । ‘ज्यादै नरमाइलो भयो, भ्रमणमा आएका सबै विद्यार्थीमा रूवावासी चल्यो, भ्रमण तत्काल स्थगित गरेका छौँ’, अध्यक्ष खत्रीले भने, ‘विद्यालय सम्पूर्ण परिवार शोकमा डुबेको छ, अकल्पनीय दुःखद निधन भयो, विद्यालय परिवार अत्यन्तै मर्माहत भएको छ, शोकको घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ ।’

स्नेहाको निधनप्रति विद्यार्थीहरु गहिरो शोकमा छन् । विद्यार्थीहरुका अनुसार स्नेहा म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनले सिद्धबाबा मावि पानीट्याङ्कीबाट एसइई उत्तीर्ण गरेकी हुन् । कक्षा ११ की मध्यम विद्यार्थी उनी साथीसँग चाँडै घुलमिल हुन सक्ने र वाककलामा सिपालु थिइन् ।

कमलामाई नगरपालिका वडा नं–६ का वडाध्यक्ष उज्ज्वलकुुमार थापाका अनुसार स्नेहाको भरतपुर अस्पतालमा पोस्टमार्टम भएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने जनाएको छ । कागजी प्रक्रिया पूरा भएको छ । परिवारले शव बुझेका छन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष खत्रीका अनुसार बिहीबार बेलुका भरतपुरबाट शव सिन्धुली, कमलामाई नगरपालिका वडा नं–६ लगिएको छ । दाहसंस्कारको काम शुक्रबार बिहान हुने उनले बताए । तीन दिदीबहिनीमध्ये स्नेहा जेठी हुन् । वैदेशिक रोजगारीमा रहेका उनको बुबा यही दसैँमा घर आएका थिए ।
चितवनबाट किशोर खनालले लेखेको यो समाचार हामीले चितवन पोष्ट दैनिकबाट साभार गरेका हौ ।

रविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो

काठमाडौं । फरक पार्टीको भए पनि रास्वपा सभापति रवि लामिछानेप्रति सदाशयता राख्ने एक नेता हुन् ज्ञानेन्द्र शाही । राप्रपाका प्रवक्ता शाहीले जेनजी आन्दोलनपछि नै कारागारमा गएर दुई पटक उनलाई भेटेका छन् ।

रविसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको त्यही आधारमा भेटेको उनको भनाइ छ । विगतको सरकारले रविप्रति राजनीतिक पूर्वाग्रह साँधेको भन्दै उनले अहिलेको सरकारले न्याय दिनुपर्ने माग गरे ।

शाहीसँग गरिएको संक्षिप्त सवाल-जवाफः


तपाईँले रविलाई कारागारमा गएर भेट्नुभएको कहिले हो ?

मैले जेनजी आन्दोलनपछि मात्रै दुई पटक भेटेँ । आन्दोलनको ५-६ दिनपछि पहिलो चोटि भेटेर २-३ घण्टा कुराकानी भएको थियो । अस्ति एक हप्ता अगाडि फेरि भेटेँ ।

रवि गृहमन्त्री हुँदा त उनको निकै आलोचना गर्नुहुन्थ्यो । अहिले सहानुभूति बटुल्नाका लागि भेट्नुभएको हो ?

म कहिले पनि उनको आलोचक थिइन । गृहमन्त्री हुँदा दुई-चारजना आतंकवादी लाई नपक्रेको भनेर अलिकति असन्तुष्टि पोखेको हो । व्यक्तिगतरुपमा हामीबीच सँधै राम्रो सम्बन्ध छ ।

भेटमा के के कुराकानीहरू भए ?

पार्टीगतभन्दा भन्दा व्यक्तिगत तवरले भेटेको हो । अन्तरंग कुराकानीहरू भए ।

राजनीतिक कुराकानी पनि त भयो होला नि ?

पक्कै भयो । अब यसरी जानुपर्छ भन्ने कुराहरू भए ।

उहाँको मनस्थिति के पाउनुभएको छ ?

उहाँ आत्मविश्वासी नै हुनुहुन्छ । नर्मल हुनुहुन्छ ।

अहिलेको सरकारप्रति कत्तिको आशावादी देखिनुहुन्छ ?

त्यति आशावादी देखिनुहुन्न ।

उहाँमाथि अन्याय नै भएको हो जस्तो लाग्छ ?

दोषी-निर्दोषी अदालतले फैसला गर्ला । तर अहिले थुनेर नै अनुसन्धान गर्नुपर्ने आवश्यकता थिएन भन्ने मेरो धारणा हो ।

उनीहरूले के गरिरहेका छन् दैव जानुन् । तर, राजनीतिक मुद्दा बनाइरहेका छन् । उहाँलाई फसाइएकै हो जस्तो लाग्छ मलाई चाहिँ ।

अदालतले दिएको आदेशमा सरकारले त के गर्न सक्ला र ?

अहिलेको सरकारले अरू केही नगरे पनि मुद्दाको छिटो फैसला गर्न लगाउन त सक्छ नि त । फैसला यो गर भनेर आदेश दिन पो नसक्ला । छिटो टुङ्ग्याऊ भनेर निर्देशन दिन नमिल्ने हुन्छ र ?

जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ।

एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् ।

देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् ।

स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि पहिलो राजनीतिक संवादका रुपमा भएको हो।

ओली र देउवाबीच महाराजगञ्जमा एक्ला एक्लै वार्ता भइरहेको छ। एमालेबाट महाराजगञ्ज पुगेका अन्य नेताहरूबारे केही खुलेको छैन ।

‘महाराजगञ्जमा अध्यक्ष ओलीसहितका नेताहरू र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ’, कार्यवाहक सभापति खड्कानिकट स्रोतले भन्यो , ‘आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे छलफल होला। त्यस्तै फागुन २१ गते तोकिएको आमनिर्वाचनबारे पनि त्यहाँ कुरा हुने बुझिएको छ।’

एमाले अध्यक्ष ओलीनिकट स्रोतहरू अध्यक्ष देउवाको स्वास्थ्यअवस्था बुझ्न उनी महाराजगञ्ज पुगेका हुन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि दुई शीर्ष नेताहरू पहिलोपटक भेट भएका हुन् ।

‘आन्दोलनको राजनीतिक फेरबदलपछि भेट भएको थिएन । सन्चो बिसन्चो सोध्न पनि हाम्रा अध्यक्ष देउवा निवास जानुभएको हो’, एमालेका एक नेता भन्छ्न, ‘दुई नेताहरूबीच भेटघाट भएपछि पछिल्लो राजनीतिक अवस्थाबारे त छलफल भइ नै हाल्छ।’

गत भदौ २७ गते विघटित संसद्बारे पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा दुई दलका नेताबीच साझा धारणा बनाउने कोसिस भइरहेको छ । यस्तो बेलामा पछिल्लो राजनीतिक घटनाक्रम, दुईवटा निर्वाचन, संसद्बारेको मुद्दासहितका विषयमा दुई नेताबीच छलफल चलिरहेको छ।

दुई नेताबीचको छलफलमा देउवा पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छिन् ।

सौराहामा होटेलकाे छतबाट लडेर एक किशोरीको मृत्यु

रत्ननगर, मंसिर १८ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित एक होटेलकाे कोठाको झ्यालबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाेछ ।

How to Use Queen Win Casino Mobile Application Efficiently

0

Introduction to Queen Win Casino App

The queenwin casino mobile application offers a seamless and engaging gaming experience for players on the go. Accessible on both Android and iOS devices, the app is designed to provide quick navigation, secure payments, and a wide selection of casino games. Understanding how to use this application efficiently can significantly enhance your gambling enjoyment and increase your chances of winning.

To start, visit the official website at queenwin casino to download the app safely and ensure you are using the latest version with all available features and security updates.

Essential Features for Smooth Gameplay

Using the Queen Win Casino app efficiently requires familiarisation with its core functionalities:

  • User-friendly Interface: The app is designed for intuitive browsing, allowing you to find games, promotions, and account settings with ease.
  • Secure Payment Options: It supports multiple deposit and withdrawal methods, ensuring fast and reliable transactions.
  • Live Support: In-app live chat and FAQ sections provide instant help to resolve any issues.
  • Game Variety: From slots to live dealer games, the app contains a diverse portfolio to cater to different preferences.

Understanding these features will allow you to make the most of what the app offers and enjoy uninterrupted gameplay.

Tips to Maximise Efficiency

To get the best out of the Queen Win Casino mobile app, consider the following tips:

  1. Keep Your App Updated: Regular updates improve security and add new features.
  2. Use Wi-Fi for Stability: While playing live games, a stable connection enhances performance.
  3. Enable Notifications: Stay informed about exclusive bonuses and important account alerts.
  4. Set Deposit Limits: Responsible gaming tools help manage your bankroll effectively.
  5. Explore Game Filters: Use filtering options to quickly locate your favourite games or new releases.

Following these steps will help in optimising your time and ensuring a responsible, enjoyable experience.

Useful Data Overview

Feature Description
Compatibility Android 5.0+, iOS 11.0+
Payment Methods Visa, MasterCard, Skrill, Neteller, Cryptocurrencies
Average Load Time Under 3 seconds
Customer Support 24/7 Live chat, Email, Phone

This table summarises key technical and service data relevant to app users, supporting informed decisions when playing via mobile.

Frequently Asked Questions (FAQ)

Q1: Is the Queen Win Casino app free to download?
A1: Yes, the app is completely free to download and install from the official website.

Q2: Can I use the same account on mobile and desktop?
A2: Absolutely, your account details and balance are synced across all platforms.

Q3: Are my transactions secure on the app?
A3: The app uses advanced encryption protocols to ensure all payments and personal data are safe.

Q4: What should I do if the app crashes?
A4: Try restarting your device. If the problem persists, contact customer support via the in-app chat.

Q5: Are there exclusive bonuses for mobile app users?
A5: Yes, Queen Win often offers special bonuses and promotions exclusively through the mobile app.


By following these guidelines and utilising the app’s features, players can efficiently navigate the Queen Win Casino mobile application, resulting in a smooth and rewarding online gambling experience.

Fortune Clock Casino: A Comprehensive Overview

0

Introduction to Fortune Clock Casino

Fortune Clock Casino is an increasingly popular online gaming platform renowned for its diverse selection of games and user-friendly interface. Players from the UK and beyond have access to a wide variety of slots, table games, and live dealer options at fortune-clockcasino.co.uk, making it a preferred destination for both beginners and seasoned gamblers.

Key Features of Fortune Clock Casino

This casino stands out due to its commitment to providing a secure and engaging gaming experience. With a modern website design, mobile compatibility, and smooth navigation, players can enjoy seamless gameplay on any device. The casino also offers attractive bonuses and promotions, contributing to its growing community.

Game Selection

Fortune Clock Casino boasts a broad catalogue of games powered by leading software developers. From classic slots to progressive jackpots and immersive live casino games, there’s a game suited to every taste.

Payment Methods

The platform supports multiple payment options, ensuring convenient and secure transactions for deposits and withdrawals. This flexibility caters well to the expectations of modern online players.

Customer Support

Reliable customer service is available through live chat and email, providing timely assistance for any issues or queries.

Benefits of Playing at Fortune Clock Casino

Choosing Fortune Clock Casino provides several advantages:

  • Wide game variety from reputable providers
  • Responsive customer support team
  • Secure and fast payment transactions
  • Regular promotions and loyalty rewards
  • Mobile-friendly platform for gaming on the go

Useful Information Table

Feature Details
Licence Licensed and regulated by UKGC
Game Providers Microgaming, NetEnt, Evolution Gaming
Payment Methods Visa, MasterCard, PayPal, Neteller
Withdrawal Timeframes Typically 24-48 hours

Frequently Asked Questions (FAQ)

Q1: Is Fortune Clock Casino safe to play at?
A1: Yes, Fortune Clock Casino is fully licensed by the UK Gambling Commission, ensuring compliance with strict safety and fairness regulations.

Q2: What types of games are offered?
A2: The casino offers slots, table games like blackjack and roulette, as well as live dealer games.

Q3: Can I play on my mobile device?
A3: Absolutely. Fortune Clock Casino is optimised for mobile devices, allowing you to play anywhere, anytime.

Q4: How long do withdrawals take?
A4: Withdrawals are generally processed within 24 to 48 hours, depending on the payment method used.

Q5: Are there any bonuses for new players?
A5: Yes, new players can benefit from welcome bonuses, which typically include deposit matches and free spins.


Fortune Clock Casino offers a reliable and enjoyable platform for online gambling enthusiasts, combining a strong game portfolio with excellent user experience and security. Whether you are a casual player or a high roller, it presents a compelling option for your online casino needs.

नारायणगढमा ईटिजी कन्सल्टेन्सीको नयाँ शाखा विस्तार

उज्यालो नेपाल – नारायणगढमा ईटिजी कन्सल्टेन्सीले आफ्नो नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालन गरेको छ।

विदेशमा उच्च शिक्षा प्राप्त गर्ने लक्ष्य राखेका विद्यार्थीलाई लक्षित गर्दै कन्सल्टेन्सीले अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, न्युजील्यान्ड तथा युरोपका विभिन्न देशमा अध्ययनका अवसरबारे विस्तृत परामर्श प्रदान गर्ने जनाएको छ।

केएल मलको पाँचौँ तलामा अवस्थित यो नयाँ शाखाबाट विद्यार्थीलाई विश्वसनीय, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य कन्सल्टेन्सीले लिएको छ।

अध्ययनसम्बन्धी कोर्स छनोटदेखि भिसा प्रक्रिया र आवश्यक कागजात तयारीसम्मका सबै चरणमा सहजीकरण गर्दै विद्यार्थीलाई सहज र सुरक्षित रूपमा विदेश अध्ययनको मार्गदर्शन प्रदान गर्ने बताइएको छ।

नारायणगढमा शाखा विस्तारसँगै अब बढी विद्यार्थीले सहज पहुँचका साथ अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी परामर्श सेवा प्राप्त गर्न सक्ने कन्सल्टेन्सीको विश्वास छ।