Home Blog Page 62

१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा

लगातारको बर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले भत्काएको पुल । पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । तस्बिर ः शेरबहादुर सिंह /रासस

काठमाडौं : भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।

हिजो साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ। ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत/दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ।

त्यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि/बाग्लुङ सडकखण्ड, स्याउलीवास/बाग्दुम्ला, चामे/बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ।

पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी/दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्णरूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले आज साँझ विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनःसञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

पुलमा साईकल राखेर एकजना नारायणीमा हामफाले

उज्यालो नेपाल – नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् । आइतबार बिहान १०:४० बजेको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए ।

उनी भरतपुर – १२ आधार नर्सरी बस्ने बर्ष ७३ को नारायण बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ।

भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

 

काठमाडौं, असार २२- भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् ।

मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

नारायणी नदीमा पानीको सतहले उच्च,गैडाकोट क्षेत्रका केही टहराहरुमा बाढी पस्यो

चितवन, २२ असार । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ ।

बाढीको सतह निरन्तर बढेकाले थप खतराको संकेत पुग्ने अनुमान गरिएको हो । नारायणी नदीस्थित देवघाटमा पानीको बहाव १० दशमलव १२ मिटर पुगेको छ । देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटरसम्मको पानीको बहावलाई चेतावनी संकेत र ९ मिटरलाई खतराको संकेत मान्ने गरिएको छ ।

यसैबीच नारायणी नदी किनारसगै गैडाकोट क्षेत्रका सुकुम्वासी घरहरुमा बाढी प्रवेश गरेको छ । नारायणी रिसोर्ट क्षेत्रमा रहेका ससाना टहराहरु भएका घरहरुमा बाढी प्रवेश गरेको छ । त्यहाँ आश्रय लिएका हरु सुरक्षित स्थान तर्फ सरेका छन् । नारायणी नदीमा बाढीहेर्न आउनेहरुको ओइरो बढेदै गएको छ ।

पुल क्षेत्रमा सशस्त्र प्रहरीका जवानहरु तैनाथ छन् । पुल क्षेत्रमा बसेर भिडियो खिच्ने , फोटो खिच्ने त्यहाँ बसेर गफगर्न दिएका छैनन् । नदीका पारीपट्टी गैडाकोट क्षेत्र र वारीपट्टी नारायणगढको पुलचोक क्षेत्रमा बाढी हेर्ने आउनेहरुको संख्या धेरै छ ।

चितवन प्रशासनले पानीको सहत अझै बढ्दै गएकाले जोखीम क्षेत्रमा रहकाहरुलाई सुरक्षित स्थान तर्फ जान भनेको छ । यस्तै लामो दुरीका यात्रागर्दा सजकता अपनाउन भनेको छ ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं- अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ।

स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ। वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।

विपी राजमार्गमा यातायात ठप्प

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौं सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो। अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यसैगरी, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ।

बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन्। चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए।

घोराही–तुलसीपुर सडक सडक अवरुद्ध

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो। सो ठाउँमा असहले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ।

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन्।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए। डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन्। पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ। यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ।

नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए। बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए।

कर्णाली राजमार्ग अवरुद्ध

शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दि‍ए।

रत्ननगरको चाउचाउ फ्याक्ट्रीको दोश्रो तलाबाट लडेर एकजनाको मृत्यु

उज्यालो नेपाल- रत्ननगर नगरपालिका वडा नं. १४ पिठुवामा रहेको स्मार्ट फुट एण्ड स्न्याक्स प्रा.ली. (चाउचाउ फ्याक्ट्री) मा भवनको दोश्रो तलाबाट लडेर एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सोहि स्थान बस्ने वर्ष ५५ का बल बहादुर गुरुङ छन् । घटना हिजो असार १८ गते मंगलबार बिहान ११:५० को समयमा भएको हो ।

फ्याक्ट्रीको कार्यालयमा बिजुलीको काम गर्ने क्रममा एक्कासी दूईतला माथीबाट भुईमा खसेका गुरुङको शरिरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि स्थानिय बकुलहर अस्पताल टांडी लगिएको थियो ।

उनको उपचारको क्रममा झन्डै १२:१५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलेसिमलमा सुनचाँदी पसलमा भएको लुटपाटको घटना पसल संचालककै योजनामा भएको प्रहरी दाबी

उज्यालो नेपाल- चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा भएको भनिएको लुटपाटको घटना पसल संचालककै योजनामा गराईएको प्रहरीले जानकारी दिएको छ ।

१ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।

लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी छन्  ।

पक्राउ पर्ने विनोद उक्त सुनचाँदी पसलका सञ्चालक हुन् । उनले बीमाको २ करोड   २० लाख रकम ठगी गर्ने मनसायले आफ्नो पसल आफैंले चोरी गर्न लगाएको देखिएको जिल्ला प्रहरी प्रमुख एसपी भावेश रिमालले जानकारी दिए ।

प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भनेको छ । विजय उक्त सुनचाँदी पसलका म्यानेजर हुन् भने पसलमा १ असारमा पूर्णबहादुर र पवन पासवानले चोरी गरेका प्रहरीको भनाइ छ । अन्जना भने विनोदका साथी हुन् र उनले चोरी गरेका गहना लुकाउन सहयोग गरेको पाइएको एसपी रिमालले  जानकारी दिए ।

त्यस दिन मोटरसाइकल चढेर पसलमा आएका दुई जनाले खुकुरी र चक्कु देखाएर पसलभित्र राखिएको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी, हिराको विभिन्न डिजाइनका गहना चोरी गरेको थियो ।

यो समाचार अपडेट हुँदै छ, थप जानकारीको लागी हामीलाई फलो गर्नुहोला ! 

नयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति, पहिलाे चरणमा ‌ओली प्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बनाउने सहमति भएकाे हाे ।

नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरूले मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल गरेका थिए ।

राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुबै दलका नेताहरुबीच नयाँ सरकारको लागि सहमत भएको स्रोतले बतायो ।

मध्यरातमा एक हाेटलमा दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा सहमतिलाई अन्तिम रूप दिएकाे थियाे ।

सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन्। त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ ।

दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मध्यरातमै दाहाल नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौँ – एमालेले मध्यरातमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ।

संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता सहयात्रा गर्ने सात बुँदे समझदारीमा हस्ताक्षर भएसँगै एमालेले राति नै राष्ट्रपति कार्यालय शितल निवासमा समर्थन फिर्ताको जनाउ दिएको हो।

समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंखर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित नेताहरु शितल निवास पुगेको स्रोतको दाबी छ।

पुस २१ गते दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग फेरि गठबन्धन गरेपछि एमालेले संसदमा प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेको थियो।

दुई ठूला दलबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएको छ। जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ।

प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन्।

नेताहरुले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग परामर्श पनि गरेका छन्। दाहाल नेतृत्वको सरकार विस्तापित भएपछि धारा ७६ (२)अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ।

अर्किडका विद्यार्थीले यसरी रोपे धान

भरतपुर १५ असार ! ” मानो रोपि मुरि फलाउने” दिनको अवसरमा समाजका प्रबुद्ध र नागरिक अगुवाहरू, त्यस्तै खाले सास्कृतिक र पर्वगत विशेषता बोकेको ” “दहि च्युरा” खाने दिनको तयारीमा रहदै गर्दा एकै एकै उमेर समुहका स साना लामबद्द बालबालिकाहरू आइपुग्दा वार्ड अध्यक्ष श्री कृष्ण पौडेल वरपर कौतुहलमय हिसाबले हेर्दै केही बुझन खोज्दै हुनुहुन्थ्यो यस्तै भाव हातमा दहि चिउरा को प्लेट लिएर बसिसकेका अन्य सहभागी हरूमा पनि देखिएको थियो।

अन्ततः बालबालिकाहरूको गरेर सिक्ने परियोजना सिकाइ अन्तरगत विद्यार्थीहरूको आगमन भएको स्काउट ट्रुप को नेतृत्व गरि आउनु भएका शिक्षक मिलन पनेरूले प्रमुख वार्ड अध्यक्ष पौडेल लाई बताएपछी उहाँको स्वागतसङै विद्यार्थीहरू केही खेत को छेउछाउमै र केही खेत भित्र पसे।

दृश्य थियोे भरतपुर महानगर पालिका वार्ड न १५ स्थित फुलबारी को, प्रसङ्ग थियोे राष्ट्रिय धान दिवस २०८१ को कार्यक्रम समारोह को, जसमा सहभागी हुन आएका थिए स्काउट सम्बन्ध अर्किड मा वि भरतपुर १० का विद्यार्थीहरू।

राष्ट्रिय धान दिवस र यस सम्बन्धित र यस वर्षको” जलबायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि ” नारा र यो दिन को गाम्भिर्यता लाई बुझाउन नेपालमा यसको सम्भावना ,किसानहरुको मिहेनत को स्थल गत अनुभव , खेतमा परिश्रम गर्ने समुहमा हुने समुहकार्य र समन्वय, थकाइ र कामको बोझ कम गर्न गाइने गीत, हिलो र यसमा हुने खेल को प्रत्यक्ष अनुभव संग साक्षत्कार गराउदै लाने वार्षिक शृङ्खलाबद्द कार्यक्रम को यो वर्षको संस्करण आज गरिएको शिक्षिका कविता पौडेलले बताउनु भयो ।

विद्यार्थीहरुको जान्ने बुझ्ने शैलिमा देखिएको उत्साहपन लाई यथोचित सहयोग गर्न स्वस्फूर्त मन लागेको स्थानीय विकलबाबू खनाले बताउनु भयो। कार्यक्रममा स्थानीय सङ मिलेर धान रोप्ने, बीउ काढ्ने र ओसार्ने देखि आगन्तुक अन्य समूह संग मिलेर समुहगत खेलहरूमा पनि अर्किड का विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई थप आकर्षणमय बनाउन विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक हिले दौड प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रमको विच र अन्त्य मा सहभागी विद्यार्थीहरूलाइ स्थानीयद्वारा असार पन्ध्रको पर्व स्वरूप स्थानीय रूपमै तयारी गरिएको दहि च्युरा दिइएको थियो ।