Home Blog Page 63

नक्कली भुटानी शरणार्थी प्रकरण: बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् ।

निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापाका अनुसार प्रतीक शुक्रबार बौद्धबाट पक्राउ परेका हुन् ।

प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्

खैरहनीकाे डेजी स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए 

खैरहनी । पूर्वी चितवन खैरहनी नगरपालिका-८ पर्सामा स्थित डेजी स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । डेजी स्कुलबाट एसईई परीक्षामा सहभागी भएका सुगम गौतम र आर्यन अधिकारीले ४ जिपिए ल्याएका हुन ।

खैरहनीको सहभागी विद्यालयहरुमध्ये एक मात्रै विद्यालय डेजी स्कुलले ४ जिपिए ल्याएको हो ।

विद्यार्थीको ४ जिपिएसंगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल प्रेम रिमालले बताउनुभयो । उहाँका अनुसार स्कुलका १७ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष डेजी स्कुलका ११४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।

खैरहनी नगरपालिकाबाट ६ सामुदायिक विद्यालय र ११ संस्थागत विद्यालय एसइइ परिक्षामा सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट ९८ जना एसईई परीक्षामा सहभागि विद्यार्थी रहेको खैरहनी मा. विबाट ३ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याउने एक मात्रै सामुदायिक विद्यालय रहेको छ ।

सामुदायिक विद्यालय तर्फ मा.वि गवै खैरहनीकै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय बन्न सफल भएको छ ।

संस्थागत विद्यालय तर्फ ग्लोसाइन एकेडेमीबाट ७३ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ५ जना, त्यस्तै क्रमशः

सैनिक आवासीय महाविद्यालयबाट ११७ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ३६ जना रहेका छन् ।

त्यसैगरी  नेपाल आदर्श शिक्षा सदनबाट ७६ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ७ जना, इन्टरनेशनल इ. मोडल स्कुल बाट ३५ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना, मेरिगोल्ड इ. बो. स्कुलबाट ३० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका १० जना, मोर्डन इ .बो. स्कुलबाट ४२ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका ४ जना रहेका छन् ।

एसईईमा ओसियन एकेडेमीबाट २० जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना, मदरल्याड इ .बो. स्कुलबाट २९ जना सहभागी विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि अंक ल्याएका २ जना ,लिटिल हेभन इ .बो. स्कुल र ज्ञानसुधा इ .बो. स्कुलबाट ३.६ जिपिए भन्दा माथि अंक ल्याएका कुनै विद्यार्थी छैनन् ।

एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ

काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

एसइईको नतिजा यसरी हेर्न सकिन्छ ।

 

रत्ननगर १६ मा वातावरण मैत्री अन्तरक्रिया तथा सामाग्री वितरण

उज्यालो नेपाल। चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा वातावरणमैत्री वडा घोषणाको लागी अन्तरक्रिया तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ।

वडा कार्यालयको सहयोगमा पिठुवा सामुदायिक सिकाई केन्द्रले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा १३ वटा टोलबाट झण्डै १२० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा हरेक टोललाई वातावरणमैत्री वडा घोषणाको लागी पुरा गर्नुपर्ने सूचकहरु उल्लेख गरिएको होडिङ बोर्ड र डस्टविन वितरण गरिएको केन्द्रका कोषाध्यक्ष विजय खनालले जानकारी दिए।

नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यबाहक वडाध्यक्ष ज्ञानेन्द्र रेग्मी, वडा सदस्यहरू चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, रिता वि. क, वडा सचिव मञ्जु पौडेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वाग्लेले स्वस्थ जीवनको लागि स्वच्छ वातावरण आवश्यक रहेको बताउँदै वडा कार्यालय र सिकाई केन्द्रको वातावरण मैत्री घोषणा अभियानको मुक्त कण्ठले प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक वडाध्यक्ष ज्ञानेन्द्र रेग्मीले वडा कार्यालय र सिकाईकेन्द्रको प्रयासले मात्र वातावरण मैत्री घोषणा सम्भव नभएको उल्लेख गर्दै सम्पूर्ण वडाबासी एक भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति नेत्र घिमिरेले दूषित वातावरणकै कारण अनेक रोगाव्यादि लागेर अकालमा ज्यान गुमाउनुपर्ने घटना बढ्दै गएको सन्दर्भमा वडा कार्यालयसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रकी सचिव सर्मिला लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

वडालाई वातावरणमैत्री वडा घोषणाको लागी गतसाल देखिनै विभिन्न संघसंस्थासँगको सहकार्यमा विविध कार्यक्रम सञ्चालन हुँदै आएको छ।

युवा समाज नेपाल भरतपुरसँगको सहकार्यमा गएको वर्ष प्रत्येक टोलटोलमा समिति गठन तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

कालिकामा अवैध होडिङबोर्ड हटाउन सुरु

कालिका, ६ असार । नगरपालिकाको बजार क्षेत्रमा अनुमती विना राखिएको होडिङबोर्ड कालिका नगरपालिकाले हटाउन सुरु गरेको छ ।

कालिका नगरपालिकाको स्वीकृति लिई वा निलिई विभिन्न प्रकारका सूचना एवं जानकारीमूलक होडिङ्गबोर्डहरु विजुलीको खम्बहरु, महत्पूर्ण सार्वजनिक स्थलहरु, लगायतका स्थानमा राख्ने र सयम समाप्त भएपनि उक्त बोर्डहरु नहटाउँदा नगरको सुन्दरतामा असर पुगेको गुनासो बढेपछि नगरप्रहरी परिचालन गरेर कालिकाले होडिगबोर्डहरु हटाउन थालेको हो ।

यस अघिपनि पालिकाले सम्बन्धित व्यक्ति वा संस्थाहरुलाई आफ्नो होडिङ्ग बोर्डहरु हटाउन समय दिएको थियो । सातदिने समय अवधि सकिएपनि सम्बन्धितव्यक्ति वा संस्थाका प्रतिनिधिहरुले आफ्नो बोर्डहरु हटाउन पहल नगरेपछि नगरपालिका आफैले हटाउन थालेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

आज क्लब चोक बजार क्षेत्रका होडिङ्ग बोर्ड हटाइएको छ । विस्तारै नगरक्षेत्रभित्रका सबै ठाउँमा पुग्नेछ प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले जानकारी दिनुभयो ।

बजार क्षेत्रका होडिङ्गबोर्ड हटाएर हरियाली बनाउन बृक्षारोपण गरिने र पोलपोलमा विजुली वत्ती जडान गरेर शुन्दर बनाउने नगरपालिकाको योजना रहेको उहाँले सुनाउनुभयो ।

श्री एयरलाइन्सले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

६ असार, चितवन । श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए ।

उनका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ ।

उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्रीका प्रवन्ध निर्देशक मितलले बताए ।

अहिले काठमाण्डौं भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ ।

केही वर्ष अगाडि यति एयरलाइन्सको विमान भरतपुर आउने गरे पनि अहिले भने उडान रोकिएका छन् ।

८० सिट क्षमता श्री एयरलान्इन्सको विमान भरतपुर आउन थालेपछि भाडा पनि घटाउने योजना रहेको प्रवन्ध निर्देशक मितलले बताए ।

अहिले बुद्धले भरतपुर–काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी लिने गरेको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्दैछ । विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ ।

गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण गरेका छन् ।

भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरवासीको एउटा सपना साकार भएको बताइन् ।

पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने बताए । गृहमन्त्री लामिछानेले विमानस्थल विस्तारमा आफूले सक्दो सहयोग गर्ने बताए ।

भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन ।

विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा विमानस्थल विस्तार गरेर रनवे १६ सय मिटर बनाउने लक्ष्य राखिएको छ ।

झुवानीमा दुई दिने मनोसामाजिक सचेतना सुरु

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना तथा रत्ननगर–५ को सहयोगमा दुई दिने मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक सचेतना कार्यक्रम झुवानी सामुदायिक पुस्तकालयको सभाहलमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईले मनोसामाजिक सचेतना कार्यक्रमहरू वडाका सबै जनसमुदायसम्म लैजान आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले पछिल्लो समय मानिसहरू डिप्रेसनमा पर्ने, झैझगडा गर्ने , पारिवारिक कलहमा फस्ने गरेको र आत्महत्यासम्म पुग्ने गरेको बताउँदै यस प्रकारका कार्यक्रमले यस्ता घटनाहरु रोक्नमा सहयोग पुग्ने वताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री राममणि खनालले जिल्लाका सवै वडा तह सम्म पुगेर रेडक्रस चितवनले मनोसामाजिक सचेतना कार्यक्रम सञ्चालन गरेको वताए । उनले मानिसहरूमा बढ्दै गएको मानसिक समस्याका बारेमा बुझ्न रेडक्रसले गरेको यो प्रयासले समुदायमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुई दिने सञ्चालन हुने मनोसामाजिक सचेतनामा प्रशिक्षक रुद्र अधिकारी र सारदा शर्माले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको छ । समाजमा मानिसहरू विभिन्न प्रकारका मानसिक रोगका समस्या बोकेर बसेको हुने बताउँदै उनीहरूका समस्याका बारेमा समयमै पहिचान र समाधानको उपाय खोजिए धेरैको ज्यान गुमाउनबाट बचाउन सकिने प्रशिक्षक अधिकारीले वताए ।

उपशाखा बछौलीका सचिव मनोज चौधरीले सञ्चालन गरेको कार्यक्रममा शाखाका अध्यक्ष सुवास बिडारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सदस्य सरस्वती चालिसेले कार्यक्रमको औचित्यबारे प्रष्ट पारेकी थिइन् । तालिममा छाठी जनाको सहभागिता रहेको छ ।

संसद् भवनभित्र सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला

काठमाडौं । प्रतिनिधि सभा भवन नयाँबानेश्वरमा एक सुरक्षाकर्मी मृत भेटिएका छन् । गोली लागेको अवस्थामा उनी मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।

प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ अजित गोले गोली लागेको अवस्थामा शौचालयमा मृत फेला परेका हुन् । उनको मृत्युको कारणबारे थाहा भइसकेको छैन । यद्यपि, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको बताएका छन् ।

प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक 

। रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ ।

आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे हाे ।

वडाध्यक्ष आशिक तामाङ सहितका जनप्रतिनिधिहरुकाे राेहबरमा हिसाब सार्वजनिक गरिएकाे हाे ।

प्रतियाेगितामा ८ लाख ७३ हजार ११३ आम्दानी भएकाेमा ८ लाख २४ रुपैया खर्च कटाएर ७३ हजार ८९ रूपैया नाफा भएकाे प्रतियाेगिताका संयाेजक भीमराज वाइवाले जानकारी दिए ।

प्रतियाेगिता गत बैशाख १५ देखि २६ गते सम्म भएकाे थियाे । १२ टिम सहभागी प्रतियाेगितामा प्यराडाइज युवा क्लवले उपाधि जितेकाे थियाे भने आयाेजक माधवपुर खेलकुल विकास समिति उपविजेता बनेकाे क्लवका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

माधवपुरबाट समग्र नगरकाे खेलकुलकाे विकासकाे लागि प्रथम गाेल्डकप आयाेजना गरिएकाे बताए । प्रथम गाेल्डकपबाट भएकाे मुनाफा रकम खेलमैदानकाे भाडा तिर्न खर्च गर्ने बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष तामाङले माधवपुर खेलकुदकाे हब बन्दै गइरहेकाे भन्दै प्रथम गाेल्डकपले खेलकुदकाे विकासकाे लागि दीर्धकालिन प्रभाव पारेकाे बताए ।

उनले आगामी दिनमा माधवपुरमा क्रिकेट, भलिबल लगायतका अन्य खेलहरु सञ्चालनकाे लागि वडा कार्यालयले सहयाेग गर्ने बचन दिए ।

वडा कार्यालयले खेलकुदकाे विकासकाे लागि व्यक्तिकाे जग्गा भाडामा लिएर खैलमैदान तयार गरिएकाे छ । बार्षिक १ लाख ६१ हजार तिर्ने गरि निजी जग्गा भाडामा लिइएकाे हाे ।

चितवनको खोलेसिमलमा पेस्ताेल देखाएर सुनचाँदी पसल लुटपाट

रत्ननगर, असार १ । पूर्वी चितवनको कालिका नगरपालिकामा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।

कालिका- ६ खोलेसिमलमा सुनचाँदी पसलमा आज साँझ लुटपाट भएको हो ।खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० वजे वजे हतियार सहित २ जनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ ।

पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ ।

घटनास्थालमा अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी नेतृत्वको प्रहरी टोली पुगेको छ । लुटेराहरुले कति तोला गरगहना लगे भन्ने कुरा यकिन भैसेको छैन ।