Home Blog Page 80

भरतपुरमा सोमबार एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार

चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा भोलि (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदैछ ।भरतपुर–१०, स्थित बेस क्याम्पमा हुने कन्क्लेभको सम्पूर्ण तयारी पुरा भइसकेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्सपर्ट चितवनले आह्वान गरेको छ । पछिल्लो समय विद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । त्यसैले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने भएकाले सबैलाई कार्यक्रममा सहभागि हुन एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक अधिकारीले आह्वान गरे । ‘यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको बारेमा बुझ्नु नै हुनेछ, त्यसका अलवा विद्यार्थी तथा अभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमा पनि बुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमा आह्वान गर्दछु ।

कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु पाउने छन् । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी पाउने छन् भने मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउने छन् ।एक्सपर्ट केही महिना पहिले क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर गरि सकेको छ । जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

रत्ननगरका गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे से

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका गर्भवती महिलाहरुका लागि निःशुल्क घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा सञ्चालन भएको छ ।

१६ वटै वडाका गर्भवती महिलाहरुलाई लक्षित गरी आमा र शिशुको स्वास्थ्यका लागि वडा–वडामा निःशुल्करुपमा घुम्ती भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा चैत १ गतेदेखि १६ गतेसम्म गतेअनुसार प्रत्येक वडाहरुमा सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

चैत १ गते बिहीबार वडा नं–१ बाट सुरू गरिएको सो सेवा चैत ४ गते वडा नं–४ को नर्कटियामा सञ्चालन गरिएको स्वास्थ्य शाखाका सिअहेव निरीक्षक वासुदेव सापकोटाले जानकारी दिए ।

गर्भवती महिलाहरुका लागि निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा १६ वटै वडामा क्रमशः बिदाको दिनमा समेत सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । गर्भवती जाँच तथा प्रयोगशाला सेवा नगर स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी तथा नगर स्वास्थ्यचौकीका प्राविधिकहरुले दिनेछन् ।

जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार यस वर्ष रत्ननगर नगरपालिकाभित्रका करिब एक हजार ३४७ जना गर्भवतीलाई रत्ननगर नगरपालिकाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरुले वडा–वडामा पुगेर निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइरहेको बताए ।

जसअनुसार वडा नं–१ मा ८३, वडा नं–२ मा ७७, वडा नं–३ मा ७४, वडा नं–४ मा ७४, वडा नं–५ मा ६०, वडा नं–६ मा ५९, वडा नं–७ मा ५६, वडा नं–८ मा ६८, वडा नं–९ मा ८८, वडा नं–१० मा १२२, वडा नं–११ म ७३, वडा नं–१२ मा ११२, वडा नं–१३ मा १३१, वडा नं–१४ मा १०३, वडा नं–१५ मा ९४ र वडा नं–१६ मा ७३ जना गर्भवतीलाई निःशुल्करुपमा भिडियो एक्सरे, इसिजी तथा प्रयोगशाला सेवा दिइने उनले बताए ।

हेटौंडामा एक्सपर्ट कन्क्लेभः विद्यार्थीको उल्लेख्य सहभागिता, डिआरएसले तान्यो ध्यान

हेटौंडा, चैत ४– उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशन कन्क्लेभ गरिएको छ । हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ ।

विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, आयरल्याण्ड, क्यानडा र युएसएका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखा प्रबन्धक अच्युत चालिसेले जानकारी दिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । सो क्रममा कन्क्लेभमा सहभागि विद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रिया तथा फोटोसेसन गरेका थिए । डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए ।

‘यो अवसरका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’ डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागि हुन पाउँदा विद्यार्थी तथा शुभेच्छुकहरु खुशी भएका थिए । डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदा नसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएका थिए ।

डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममा उनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए । डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथा फोटोसेसनमा सहभागि हुन सक्ने छन् ।

 

आदिवासी जनजाति साँस्कृतिक महोत्सव : सबै जातिका घर एउटै गाउँमा

नारायणगढ । नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ। महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको छ।

सबै आदिवासी जनजातिलाई समेटेर साँस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ वटा जनजाति समुदाय संगठित भएर जनजाति महासंघमा आवद्ध छन्। तिनैमध्ये कम्तिमा १० वटा जातजातिको घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धाताहरूलाई समेत सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो।

साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालका अनुसार यसपटक ११ वटा जातजातिका घर निर्माण हुनेछन्।

महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ। परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर ११ नौरङ्गेकी नुरमायाँ कुमाल बताउँछिन्।

यो महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिषरकै कारण चितवनमा हुँदै आएको अन्य मेला महोत्सवभन्दा विल्कुलै फरक हुने प्रचारप्रसार उपसमितिका संयोजक रमेश रानामगरले बताए।

महोत्सवको आर्थिक उपसमितिका संयोजक पवन गुरूङका अनुसार महोत्सव अवधिभर करिब ८० देखि ८५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर जग्गा हिनामिनामा जुनसुकै तहका व्यक्ति मुछिए पनि कारबाही गर्न निर्देशन दिँदै विनोद चौधरीको पनि बयान लिन र छानबिन गर्न निर्देशन दिनुभएको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया आजै शुरु गर्न पनि निर्देशन दिनुभएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा यसअघि विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर छुट्नुभएको थियो ।

रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली — रुख ढाल्ने क्रममा उछिट्टिएको हाँगाले लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–१ को तीनतले पाखास्थित घागर ठाकुर सामुदायिक वन समूहको जंगलमा चिलाउनेको रुख ढाल्दा उछिट्टिएको हाँगाले लागेर वडा नम्बर–५ सिलामेका ३२ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनको ठेक्का लागेको रुख ढाल्दा हाँगाले टाउकोमा लागेर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार निर्देशनपछि चौधरीको बयान लिइने भएको छ । ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको छ । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ,’ न्यौपानेले जानकारी दिए ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा केही पहिले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए ।

चितवनमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु

चितवन —चितवन-नारायणगढ मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजेतिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । निधन हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दास रहेको चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए ।

उनी रौतहट गौरबाट पोखराका लागि आउँदै गरेको ग १ ख ८५२४ नम्बर बसको यात्रु भएको डिएसपी भण्डारीले बताए ।

उक्त बस इच्छाकामना गाउँपालिका-६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।

ठक्करको कारण गम्भीर घाइते भएका दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको डीएसपी भण्डारीले बताए । अन्य चारजना घाइते छन् । तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ

रत्ननगर १५ मा अनेमसंघकाे कार्यकर्ता प्रशिक्षण

रत्ननगर । जनता संग नेकपा एमाले अभियान-२०८० अन्तर्गत अखिल नेपाल महिला संघ रत्ननगर-१५ वडा कमिटीले वनभोज तथा प्रशिक्षण कार्यक्रम गरेकाे छ ।

पार्टीका नेता तथा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा एमालेकाे आगामी कार्यदिशा, पार्टी सुदृढिकरण र संगठन विस्तारका विषयमा प्रशिक्षण दिइएकाे थियाे ।

अनेमसंघ वडा कमिटी अध्यक्ष मिनु श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, जिल्ला सचिव प्रकाश खनाल शैलेश, नगर अध्यक्ष इश्वरी अर्याल, पार्टीका नेता तथा वडा अध्यक्ष आसिक तामाङ, पार्टी वडा कमिटी अध्यक्ष कृष्ण पन्त, अनेमसंघ नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसी लगायतको सहभागिता रहेकाे थियाे ।

मिना भट्टले स्वागत मन्तब्य राखेकाे
कार्यक्रम कान्ता रेग्मी सञ्चालन गरेकी थिइन ।

एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएससंग भेट्न पाइने

चितवन, चैत ३– पब्जी खेल युवापुस्ता माझ निकै नै लोकप्रिय छ । पछिल्लो समय यो खेल व्यवसायीक समेत बन्दै गइरहेको छ । यही खेलमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धामा उत्रिएको नेपाली टोली हो डिआरएस । यो समूह केही समय पहिले सम्पन्न एसियाडमा समेत सहभागिता जनाएको थियो ।

पब्जी खेलेरै विश्वमा तहल्का मच्चाउँदै आइरहेका डिआरएस गेमिङ टिमका खेलाडीलाई भेट्न धेरै युवाहरु उत्सुक देखिन्छन् । अब त्यो उत्सुकता हट्ने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा हुन गइरहेको एक्सपर्ट एजुकेशन कन्क्लेभ (शैक्षिक मेला)मा सहभागि हुनेहरुले डिआरएस गेमिङ टिमका खेलाडीहरुसंग भेटघाट गर्न पाउने छन् ।

एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमा यही चैत ५ गते सोमबार हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा डिआरएस गेमिङ टिम आउँदैछन् । उनीहरुले युवाहरुसंग अन्तरक्रिया गर्नुको साथै फोटो सेशन समेत गर्नेछन् । त्यसका अलवा कार्यक्रममा सहभागिहरुले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी खेलाडीहरुकै हातबाट पाउने छन् ।

डिआरएस गेमिङ टिम भरतपुर आउनुअघि ४ गते एक्सपर्ट हेटौंडाको कार्यालयमा युवाहरुसंग अन्तरक्रिया तथा भेटघाट गर्नेछन् । सोही दिन दिउँसो रत्ननगर बकुलहरस्थित एक्सपर्टको कार्यालयमा समेत युवाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

डिआरएस गेमिङ टिम हेटौंडा र चितवनका दर्शक तथा शुभेच्छुकहरुसंग भेट्ने अवसर मिलेकोमा उत्साहित देखिन्छ । डिआरएस टिमले एक भिडियो सन्देश जारी गर्दै कार्यक्रममा सहभागि हुन सबै युवाहरुमा आह्वान गरेको छ । भिडियो सन्देशमा भनिएको छ–‘एक्सपर्ट एजुकेशनले तपाई र हामीलाई एकै ठाउँमा ल्याउँदैछ, हाम्रो टिम मेम्बरहरुसंग भेटघाट र रमाइलो गर्न तयार रहनुहोला ।’

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पब्जी खेल युवा पुस्ताहरुमाझ लोकप्रिय भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई चितवनका युवाहरुसंग भेट्ने र अन्तरक्रिया गर्ने वातावरण मिलाइएको बताए ।

‘डिआरएसका धेरै शुभचिन्तकहरु चितवन र हेटौंडामा छन्, उनीहरु सबैलाई भेट्ने र अनुभव साट्नका लागि एक्सपर्टले डिआरएस टिमलाई निम्ताएको हो, एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुने युवाहरुले लक्की ड्र मार्फत खेलाडीहरुकै हस्ताक्षरसहितको खेल जर्सी समेत उपहार पाउने छन्, कार्यक्रममा धेरै युवाहरु सहभागि हुनेमा हामी विश्वस्त छौं ।’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

एक्सपर्ट एजुकेशन कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श पाउने छन् । विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु आउँदा विद्यार्थी तथा अभिभावकहरुले आफूसंग सबै जिज्ञाशाको समाधान पाउने छन् । त्यसले गर्दा वैदेशिक शिक्षा सहज हुने एक्सपर्टको विश्वास छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।