Home Blog Page 79

पिठुवा सिँचाइको अध्यक्षमा देव राना र सचिवमा मदन भुजेल निर्वाचित

उज्यालो नेपाल। रत्ननगरको पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाले लामो समय पछि नयाँ समिति पाएको छ। संस्थाको अध्यक्षमा देवबहादुर राना र सचिवमा मदन भुजेल निर्विरोध निर्वाचित भएका छन्।

गत जेठ २७ गते संस्थाको ११ औं अधिवेसनले बद्रिप्रसाद अर्यालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो।

सोही समितिले सार्वजनिक गरेको पछिल्लो निर्वाचन कार्यतालिका अनुसार मूल समितिका अध्यक्ष र सचिव सहित अन्य दुई पद र तीन सदस्यीय लेखा समितिमा एकल उम्मेदवारी परेपछि समितिले निर्वाचित पदाधिकारीहरुको नामावली सार्वजनिक गरेको हो।

सो क्षेत्रमा क्रियाशील राजनीतिक दलहरु बीच झण्डै दश महिना चलेको लामो रस्साकस्सी पछि बल्ल सिचाईले नयाँ समिति पाएको हो। दलहरुले आपसी भागबण्डामा पद बाँडफाँड गरेका हुन्। तर उपाध्यक्ष पदमा भने सहमती हुन बाँकी छ।

संस्थाको अध्यक्ष पदमा देवबहादुर राना, सचिवमा मदन भुजेल, कोषाध्यक्षमा सरला काप्री, सहसचिवमा परशुराम लामिछाने, लेखा समिति संयोजकमा शिवप्रसाद पुडासैनी र सदस्यहरूमा सूर्यप्रसाद लामिछाने र सरितामाया काफ्ले निर्वाचित भएका छन्।

संस्थाको तेत्तीस सदस्यीय मूल समितिमा अब पांच जना सदस्यहरू मनोनित हुनेछन् भने, यसअघि चुनिएका २३ जना शाखा अध्यक्षहरु मूल समितिको सदस्यको रूपमा रहने निर्वाचन समिति संयोजक बद्रिप्रसाद अर्यालले जानकारी दिए।

चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता

चितवन, चैत ५– चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौता भएको छ ।
सोमबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । संघका तर्फबाट अध्यक्ष सुदिप पिया र देव हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.विवेक न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षको रहने छ ।

सो क्रममा बोल्दै संघका अध्यक्ष पियाले यो सम्झौताले चितवनका खेलाडीहरुको उपचारमा सहुलियत मिलेको बताए । ‘हामी विस्तारै खेलाडीहरु एक्सपोजर बढाउनुको साथै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिन थालेका छौं, यो सम्झौताले सबै क्रिकेट खेलमा हामीलाई मेडिकल टिम सपोर्ट पाउने छौं ।’

सम्झौता अनुसार संघलाई हस्पिटल एक लाख रुपैयाँ प्रदान गर्नेछ भने खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट दिने छ । त्यस्तै खेलाडीका परिवारले पनि उपचारमा ३० प्रतिशत छुट पाउने छन् । अस्पतालका सिइओ डा.विवेक न्यौपानेले यो सम्झौतालाई सुरुवातको रुपमा लिइएको बताए ।

उनले देव हस्पिटलमा खेलाडीहरुको उपचार गर्ने विशेषज्ञ चिकित्सकसहितको टिम रहेकाले सबै खेलाडीहरुको उपचार चितवनमै सम्झव रहेको बताए । ‘यो सम्झौताले हामी खुशी छौं, क्रिकेट खेलाडीसंग जोडिएका छौं, खेलाडीहरुको उपचार हामी विशेषज्ञ टोलीबाट गराउन सक्छौं ।’

कार्यक्रममा संघका उपाध्यक्ष उमेश पियाले खेलाडीहरु घाइते हुँदा आर्थिक समस्या नओस् भन्ने उद्देश्यले गरिएको यो सम्झौताले खेलाडीहरुमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

संघले पछिल्लो समय नयाँ खेलाडी उत्पादनमा ध्यान दिएको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि विशेष ख्याल गरिएको बताए । चितवन जिल्ला क्रिकेट संघले केहीदिनमै जिल्लामा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

 

एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड, डिआरएससंग फोटो खिच्न तछाडमछाड

चितवन । उच्चशिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशनकन्क्लेभ–२०२४’ माविद्यार्थीको भीड लागेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

विहान१० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

‘कन्क्लेभमा विद्यार्थीहरुको सहभागिताले हामी निकै उत्साहित छौं, सहभागि सबै विद्यार्थी तथा अभिभावकहरुमा धन्यवाद प्रकट गर्दछु’–प्रबन्धनिर्देशक अधिकारीले भने ।

पछिल्लो समयविद्यार्थीको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ ।

चितवनमा पहिलोपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालय बाट पनि परामर्श लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका थिए ।

कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु समेत पाएका थिए । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षर सहितको डिआरएसको जर्सी, मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउँदा दंग परेका थिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवा पुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थितिले विद्यार्थीहरुमा उत्साह बढाएको थियो ।

डिआरएसको खेलाडीसंग अन्तरक्रियातथाफोटो खिचाउँनपाउँदाभरतपुर–१६ का सुदिपथापा मगर दंग परे । ‘टिभी तथा युट्युवमा धेरैजसो देख्ने खेलाडीलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा धेरै नै खुशीलाग्यो, यो अवसर जुटाई दिने एक्सपर्ट चितवनलाई हृदयदेखि नै धन्यवाददिन चाहन्छु’–कन्क्लेभमा सहभागियुवा सुदिपले भने ।

नारायणगढका रुद्राक्ष जोशी पनि डिआरएसका खेलाडीहरुको जर्सी हस्ताक्षर सहित पाउँदाखुशी प्रकट गरे । ‘एक्सपर्टलाई मेरो स्पेशलथ्याङक्स, खेलाडीहरुको हस्ताक्षरसहितको जर्शी पाए त्यसैमा धेरै खुशी छु’–जोशीले भने ।

डिआरएसका अप्रेशनप्रमुख संगीन भट्टराईले विद्यार्थीहरुको सवालको जवाफ दिएका थिए । कार्यक्रमको अन्तिममा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाइ एक्सपर्ट चितवनका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले धार्मिक ग्रन्थ ‘भगवतगीता’ उपहार प्रदान गरेका थिए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्यकार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालनगर्दै आइरहेको छ ।

नर्स हत्या प्रकरण : प्रेममा खटपट भएपछि मलेसियाबाट आएर प्रेमिकाको हत्या

सुन्दरहरैचा । विराटनगरको नोबल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको तीन दिनपछि उनका प्रेमीको शव फेला परेको छ । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत भेटिएका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा रहेको एसपी नवराज कार्कीले बताए।

‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ,’एसपी कार्कीले भने, हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ सोही क्रममा आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको र खोज्दै जाँदा उनी पनि होटलको कोठामा मृत अवस्थामा भेटियो।’

शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । चन्द्रिका कुमारीको सिएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थाहा पाएपछि उनी २७ फागुनमा मलेसियाबाट काठमाण्डौं आएको र २९ फागुनमा विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ।

उनीहरु बीच प्रेममा खटपट भएपछि प्रेमिकाको हत्यापछि आफूले पनि आत्माहत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेर हत्या गरीएको आंशका गरीएको थियो । उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो ।

शहीद स्मृतिमा प्राथमिक उपचार सहितको स्वावियू भवन निर्माण गरिने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा प्राथमिक उपचार सहितको स्ववियू भवन निर्माण हुनेभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटीले स्ववियू निर्वाचन भएको एक बर्ष पुरा भएको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी स्ववियू भवन निर्माण गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा भवन निर्माण सहित एक बर्षमा गरेका काम र उपलब्धि, क्याम्पसको बर्तमान अबस्था र सुघारका सम्भावना लगायतका योजना सार्वजनिक गरिएको हो ।

स्ववियू अध्यक्ष राजेन्द्र सापकोटाले जनस्तरबाट सहयोग संकलन गरि प्राथमिक उपचार सहितको भवन निर्माणको प्रक्रिया सुरु गरिएको बताए ।

करिब १६ लाखको लगानीमा क्याम्पस हाताभित्र भवन निर्माण गर्ने योजना रहेको उनले बताए । अध्यक्ष सापकोटाले एक बर्षको अबधिमा २५ जना विद्यार्थीलाई छात्राबृत्ती, प्रशानिक कामको सुधार, खेलमैदान व्यवस्थापन तथा विद्यार्थीको हित केन्द्रीत कामहरु गरिएको बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिराज सेढाईले सञ्चालक समितिले भवन निर्माणको लागि अनुमती प्रदान गरेकाले प्राथमिक उपचार सहितको भवन निर्माणको लागि सहयोग गर्ने बताए ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति विबेक उदासले नेविसंघको उदारताका कारण टाँडी क्याम्पसमा १४ बर्षपछि स्ववियू निर्वाचन भएको भन्दै स्ववियू भवनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अखिल क्रान्तिकारी क्याम्पस इकाई कमिटीका अध्यक्ष चोकबहादुर गुरुङले क्याम्सपको शैक्षिक सुधारका लागि विद्यार्थी संगठन बीच मित्रता आवश्यक रहेको बताए ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ — माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन्। जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो ।

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

शालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा

भिडियो हेर्नुहोस् 

चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिल्ला अदालत चितवनमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘घटनाको आधार प्रमाणहरु अध्ययन गर्दा निजहरुले तोकिएको पदबाट विचलित भइ होस्टल सञ्चालनको न्यूनतम मापदण्ड र वातावरणको समेत ख्याल नराख्दा र होस्टलमा रहने बस्ने गरेका विद्यार्थीहरुको उचित हेरचाह नगरी मृतक शालीन पोखरेललाई झुण्डिइ मर्न बाध्य बनाइ बाँच्ने अन्य विकल्पहरु नरही बाध्य भइ निज शालीन पोखरेल झुण्डिइ आत्महत्या गरेको देखिन्छ ।’

सोही आधार मानी दायर अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) विरुद्धको कसुर गरेको ठहर गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ ले आत्महत्या दुरुत्साहन गर्न नहुने उल्लेख गरेको छ । यदि कसैले आत्महत्या दुरुत्साहन गरे कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा शालीनका बुबा दीपेन्द्र पोखरेलले फागुन १५ गते दायर गरेको जाहेरीमा तीन शिक्षकले छोरी पोखरेललाई बलात्कार गरी हत्या गरेको उल्लेख छ । सोही अभियोगमा अनुसन्धान गरे पनि अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनले पोखरेलको कन्या जाली नच्यातिएको, सुसाइड नोट पनि उनकै भएको विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन आएको थियो ।

अभियोगपत्रमा मुलुकी अपराध संहिता १८६ बमोजिम मृतक पोखरेलको हकवालालाई मनासिव क्षतिपूर्ति दिनसमेत मागदाबी गरिएको छ ।

१३ वर्षकी शालीन विद्यालयको छात्रावासमा गत फागुन १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अभिभावकले आरोप लगाउँदै आएका थिए । तर, अनुसन्धानबाट बलात्कार र हत्या पुष्टि हुने प्रमाण नभेटिएपछि आत्महत्या दुरुत्साहनमा अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध सोमबार थुनछेक बहस हुने जनाइएको छ ।

नेपाल प्रेसबाट साभार गरिएकाे

रत्ननगरमा वृद्धाको शव फेला

उज्यालो नेपाल- रत्ननगरमा एकजना  वृद्धाको शव फेला परेको छ । रत्ननगरको वडा नं. १२ सालघारीमा सेवक सुवेदीको पुर्दै गरेको पोखरीमा वृद्धाको शव फेला परेको हो ।

गोरखा सिरानचोक घर भई बिगत झन्डै ४० वर्ष देखी जिरौना स्थित कृष्ण मन्दिरको आश्रमा बस्दै आएकी र मानसिक अबस्था ठिक नभएको वर्ष ८४ कि मन कुमारी पोख्रेल आइतबार मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।

घटनाको थप अनुसनधान कार्य भईरहेको र शवको पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले बताएको छ  ।

कुन तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौं, ५ चैत। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १३०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला १००, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३६ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २५०, लोकल काक्रो ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २०, हाइब्रीड सेतो मूला ३० र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ५० र पुदीना १८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४५, चाइनिज सुकेको लसुन २३०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ११० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

चितवन, चैत्र ०४-
चितनवमा भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जना घाइते भएका छन् ।

मुग्लिन बजारको एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा नारायणगढ तर्फबाट कुरिनटार तर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल आज आईतबार साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहेका छन् । अहिले उनको उपचारका लागि भरतपुर तर्फ ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल, ट्रक र ट्रक चालक भारत बिहार स्थियी बसोबास रहेका २८ बर्षिय अमरेन्द्र यादव इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्णमा रहेको छन् ।