Home Blog Page 94

आज वि.सं. २०८० पौष २९ गते आइतवार; आजको तपाईको दिन कस्तो छ ? (राशिफल)

मनले जे चितायो त्यही पुरा हुने भालेश्वर महादेव।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी÷गाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । भर्खरै चिनजान भएको मित्रको वा हाई प्रोफाइल व्यक्तिको सहयोग जुट्नेछ । विलासिताका सामग्री र सुखसुविधाका वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलो÷कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राख्नु ठीक हुनेछ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर÷परिवारमा रमाउने समय हो । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । तुजुक र अहङ्कार बढ्ने समय हो । आज जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजी÷गाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा लिन सकिने छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मौलाकाली केवलकारको सातौं वार्षिक साधारणसभा; सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी

उज्यालो नेपाल –  मौलाकाली केवलकार प्रालीले सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ ।

गैंडाकोटमा सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

 

गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिए ।

नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो ।

शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो।

रत्ननगर महाेत्सव : तीन दिनमा ३५ हजारले गरे अबलाेकन

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा टिकाैली चारमा जारी रत्ननगर महाेत्सवमा तीन दिनकाे अबधिमा ३५ हजार बढीले अबलाेकन गरेका छन् ।

महाेत्सवकाे उद्घाटनकाे दिन पाैष २६ गतेे १० हजार, दाेश्राे दिन पाैष २७ गते १० हजार र तेस्राे दिन शनिबार १५ हजार बढीले महाेत्सव अबलाेकन गरेकाे संघका काेषाध्यक्ष तथा टिकट व्यवस्थापन समितिका संयाेजक विनाेद घिमिरेले जानकारी दिए ।

शनिबार विदा परेका कारण महाेत्सवमा अत्याधिक भीड रहेकाे थियाे । रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ । महाेत्सवकाे मुख्य आकर्षण कृषि परिसर, सांस्कृतिक घर र माेटरबाेट रहेका छन् ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए ।

विगतमा जस्तै महोत्सव अन्तर्गत भाेलीदेखि रत्ननगरको सौराहाचोक वसपार्कमा पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु हुँदैछ । शनिबार राष्ट्रिय गायक हेमन्त शर्मा र गायिका सुनिता बुढाले प्रस्तुति दिएका छन् ।

यसैबीच स्वर्गीय जगतकृष्ण प्रजापति विद्यालय स्तरीय नृत्य प्रतियाेगिता गरिएकाे छ । २० वटा विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा शिक्षा विकास ईङ्लिस बाेडिङ स्कुल प्रथम, एन्जल्स वल्ड स्कुल द्धितीय र भानु मेमाेरियल सेकेण्डरी बाेडिङ स्कुल तृतीय र नेपाल मावि तथा पिस भिजन इङ्लिस बाेडिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई १० हजार, द्धितीय हुने टिमले सात हजार,तृतीय हुने टिमले ४ हजार र सान्त्वना हुनेले एक एक हजार पुरस्कार प्रदान गरिएकाे छ ।

प्रतियाेगिताकाे पुरस्कार रासी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रायाेजन गरेकाे थियाे । त्यसैगरी महाेत्सव परिसरमा जिल्ला स्तरीय कराते प्रतियाेगिता सुरु भएकाेे छ ।

प्रतियाेगितामा ३०० खेलाडीकाे सहभागिता खेलकुद व्यवस्थापन समितिका संयाेजक अनुप विसुरालले जानकारी दिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ : सभापति लामिछाने

सहकारीको नाममा जनताको पैसा लुटियो।

काठमाडौं, पुस २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ ।’’

उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताउनु भयो । राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । सभापति लामिछानले राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनु भयो ।

सङ्घीय सरकारको सहमति; अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुल्यो

काठमाण्डाै – अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बाटो खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो ।

भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सहमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

भरतपुर महानगरले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

चन्दा उठाएर रङ्गशाला निर्माण शुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम त्यसै छाडेको थियो । त्यसपछि रङ्गशाला अलपत्र छ । अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

सरकारले गौतम बुद्धसहित तीन वटा क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।

सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेटबाट अलग भएको घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ ।

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् ।  यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् ।

उनले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन् ।

रुखबाट लडेर चितवनमा एक महिलाको मृत्यु

उज्यालो नेपाल- चितवनमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं. ११ सुर्खण्डीमा घाँस काट्ने क्रममा रुख बाट लडेर १७ वर्षिया अन्जली प्रजाको मृत्यु भएको हो ।

बुधबार ( हिजो) बिहान ११:३० को समयमा घर नजिकै रहेको चिउरीको रूखबाट घाँस काट्ने क्रममा लडेकी अन्जलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । उनि मृगी रोगबाट पिडित थिइन् ।

शवलाई पोष्टमार्टमको लागी भरतपुर अस्पताल पठाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ।

 

शिक्षक सरुवा प्रकरण: नेपाल मावीको प्रअको कार्यकक्षमा लागेको ताला नेविसंघले फोड्यो

रत्ननगर, पौष २५ । रत्ननगरको टाँडीमा रहेको नेपाल माध्यमिक विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा लगाइएको ताला नेपाल विद्यार्थी संघले फोडेको छ ।

विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा अज्ञात समुहले लगाएको तालाबन्दी प्रति ध्यानाकर्षण भएको भन्दै बुधबार ताला फोडेको संघको रत्ननगर समितिका सभापती कल्याण अर्यालले जानकारी दिए ।

संघले विज्ञप्ती जारी गर्दै शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा गरिएको लापरवाही पुर्ण कार्यको घोर भर्त्सना गर्दै ताला तोडेर विद्यार्थीहरुलाई प्रशासनिक कार्य सहज बनाउन ताला तोडिएको विज्ञप्तीमा उल्लेख छ ।

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ ।

बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिीया युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ ।

यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

यस वर्षको एसइई परीक्षा चैतको पहिलो साता हुने भएको छ। विद्यालय शिक्षा विधेयक टुङ्गो नलाग्दा परीक्षाका विषयमा अन्योल कायम रहेका बेला चैत पहिलो साता हुने यस पटकको एसइई परीक्षा नयाँ पाठ्यक्रम अनुसार राष्ट्रिय परीक्षा बोर्डले चैतको पहिलो साता देखि परीक्षा गर्ने जनाएको हो।

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो। नयाँ पाठ्यक्रमले विद्यार्थीको उत्तीर्ण पुर्णाक ३५ प्रतिशत कायम गरेको जनाउँदै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘हरेक विषयमा उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क विद्यार्थीले ल्याउनु पर्छ।

नत्र नन ग्रेड अर्थात् एन जी समूहमा पर्ने छन्।’ उनका अनुसार ग्रेडिङ प्रणाली लागु भए पनि नयाँ पाठ्यक्रमले पास मार्क नल्याउनेलाई नन ग्रेडमा सूचिकृत गरिनेछ।

यस वर्ष एसइईमा सहभागी हुन कुल ४ लाख ८९ हजार ४ सय ४४ विद्यार्थीले रजिस्टेशन गरेका छन्। त्यसमध्ये खुला विद्यालयका करिब १२ हजार गरी कुल ५ लाख विद्यार्थी एसइईमा सहभागिता जनाउने छन्।

कुल परीक्षार्थी मध्ये छात्रको सङ्ख्या २ लाख ४६ हजार ४ सय छात्राको सङ्ख्या २ लाख ४३ हजार ४ सय ४० मात्र रहेको उनले जनाए। बागमती प्रदेशमा सबै भन्दा धेरै एक लाख ३ हजार ४ सय ५७ परीक्षार्थी छन् भने सबै भन्दा कम मध्यपश्चिम प्रदेशमा ३२ हजार ५ सय ५८ मात्र छन्।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस पटकको एसइई परीक्षा क्यालेन्डर अनुसार चैतमै हुने र यसको तालिका माग पहिलो साता प्रकाशित गरिने तयारी पुरा भएको जनाए। अध्यक्ष शर्माले भने ‘प्रश्न पत्र निर्माण र नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम यो वर्ष पनि बोर्डले नै गर्छ। तर परीक्षा सञ्चालन र व्यवस्थापनको काम प्रदेश सरकारले गर्छ।’