Home Blog Page 95

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको हो।

पुस १३ मा सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि पेशी तोकिएको थियो।

२०७९ साल कात्तिकमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो।

रत्ननगर महोत्सवकाे तयारी पूरा : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा विहीबार बाट सुरु हुने रत्ननगर महाेत्सवकाे तयारी सकिएकाे छ ।

रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् ।

आयाेजकले बुधबार महाेत्सव परिसरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे तयार पूरा भएकाे हाे ।

साे महाेत्सवकाे कृषि परिसर,सांस्कृतिक घर र खगेरीमा माेटलबाेट मुख्य आकर्षण रहेकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए ।

पर्यटनकाे विकासकाे लागि नयाँ गन्तव्यकाे पहिचान र धार्मिक पर्यटनकाे विकासलाई जाेड दिइएकाे महाेत्सवमा कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएकाे संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयाेजक हरि अधिकारीले जानकारी दिए ।

मकै बालीकाे संरक्षण र प्रवर्द्धनकाे लागि महाेत्सव स्थलमा मकै वाली स्थापना तथा मकैकाे स्टाचु निर्माण गरिएकाे छ ।

महाेत्सवमा रामपुर मकैबाली अनुसनधान केन्द्रबाट २० प्रजातीका मकैकाे वारेमा जानकारी गराइने छ । महाेत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउकाे टनेल र माछा पाेखरी निर्माण गरिने कृषि संयाेजक अधिकारीले जानकारी दिए ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएकाे छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले महाेत्सवले कृषि र पशुपालनमालाई जाेड दिँदै महिलाहरुलाई उद्यमी बनाउन भूमिका खेल्ने बताए ।

संघका बरिष्ट उपाध्यक्ष निराजन खनाल र महासचिव उपेन्द्र शर्मा आचार्यले महाेत्सवकाे उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

गाईको बाच्छी काटेको आरोपमा चितवनमा दुईजना पक्राउ

उज्यालो नेपाल- चितवनमा गाईको बाच्छी काटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनी बस्ने ६० वर्षिय रामगोपाल तमाङ र ३० वर्षका मसिने तमाङ छन् ।

नाताले उनीहरु बाबुछोरा हुन् । उनीहरुलाई हिजो (मंगलबार) दिउँसो आफ्नै घरमा गाईको बाच्छी काटिरहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट शारदानगर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथ बाट अन्दाजी १५-२० किलो बाच्छीको मासु र मासु काट्ने औजारसमेत नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ । बरामद गरिएको बाच्छीको मासुलाई मुचुल्का गरि खाल्टोमा गाडिएको छ ।

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने

उज्यालो नेपाल- पूर्वी चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएका छन् ।

आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने भएको हो ।

माघ १ गते नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीको प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ ।

चितवनवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको खिचरा महोत्सवका संयोजक चौधरीले जानकारी दिए ।

महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । परम्परागत सांस्कृतिक ठेकरा, झुमरा, रसधारी, लाठी नाचहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति तथा खिचरा डान्स आईडल रहनेछ ।

महोत्सव यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ ।

किन पक्राउ परे तपस्वी रामबहादुर बम्जन?

धार्मिक गुरुको प्रहरी हिरासत यात्रा अस्वाभाविक हुने गरेको छ। बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जन हत्या र बलात्कार आरोपमा पक्राउ परेपछि अनुसन्धानको क्रममा हिरासत पुगेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको बुढानीलकण्ठ, हात्तीगौंडाबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी नवराज अधिकारीले बम्जन पक्राउ परेको बताएका छन्। बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। सिआइबीका डिएसपी धर्म भण्डारीको नेतृत्वमा बम्जनलाई पक्राउ गर्न प्रहरी टोली मंगलबार हात्तीगौंडा पुगेको थियो।

परिवारसँगै रहेका बम्जन प्रहरी टोली पुगेपछि दुई तलाबाट हाम फालेर भाग्न खोजेका थिए तर सफल नभएको प्रहरी टोलीले बताएको छ। उनी केही समयअघि काठमाडौं प्रवेश गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा सिआइबीले उनी बसेको घरलाई एक सातादेखि निगरानीमा राखी मंगलबार पक्राउ गर्न सफल भएको हो।

२०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउपुर्जी जारी भएको थियो। त्यसपछि लगत्तै उनी फरार भएका थिए। अनुसन्धान प्रक्रियाअनुसार पुर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको भए पनि फरार भएकाले बयान लिन सम्भव भएको थिएन। ‘अब बयान सुरु हुनेछ,’ एसपी अधिकारीले भने।

आफ्नै अनुयायीलाई यौनशोषण गरी हत्या गरेको आरोप लागेपछि सर्लाही जिल्ला अदालतको आदेशअनुसार २०७७ साल माघ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनलाई पक्राउ गर्न गएको थियो। बारा जिल्लाको निजगढ नगरपालिका १२ ठेगाना रहेका बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका- ८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गर्दा पनि प्रहरी टोली फेला पार्न नसकी फर्किएको थियो।

बम्जनविरुद्ध यौनहिंसाको जाहेरी परेकाले खोजी भइरहेको प्रहरीले जनाएको थियो। ‘लामो समयदेखि फरार थिए, आज फेला परेका छन्,’ प्रवक्ता एसपी अधिकारीले भने। त्यतिबेला बम्जनको आश्रमबाट उनका मुख्य सहयोगी मानिने लोप्चन गुरुमार्ग गुरु भनेर चिनिने ज्ञानबहादुर बम्जनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

२०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम तयार पारी बम्जन बस्नलाई त्यहीँ पुगेका थिए। तर सिन्धुलीमा तीन महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ असोजदेखि सिन्धुलीमै आश्रम बनाएर बसेका थिए।

विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फुलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुव्र्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले चार वर्षदेखि खोजी गरिरहेको थियो।

त्यतिबेला सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला पारेको थियो। शव गाडेर चाँडो कुहाउन नुन हालेको आशंका गरिए पनि हत्याको थप प्रमाण भने फेला परेको थिएन। उनीविरुद्ध बारा र मकवानपुरमा पनि मुद्दा छ।

रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा लिन पाइने

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको अबलोकनकर्ता खगरी खोलामा मोटरबोटको मज्जा लिन पाउने भएका छन् ।

नयाँ पर्यटकीय स्थलको पहिचान र सम्भाव्यता अध्यायनको लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको हो ।

रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्य अनुसार महोत्सवको अबधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा सम्भाव्यता अध्ययनको लागि मोटरबोट सञ्चालनमा ल्याइएको संघका अध्यक्ष गिरीले जानकारी दिए ।

भरततालको जस्तै सम्भावना रत्ननगरमा पनि छ है भन्ने सन्देश दिएर नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सव अबधि भर मोटरबोट सञ्चालन गरिएको उनको भनाई छ ।

एचएस कम्पनीका दुई वटा मोटरबोट खगेरीमा चल्ने छ । २०० रुपैया तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द दिन सकिने कम्पनीका सञ्चालक हरि शर्माले जानकारी दिए ।

रत्ननगर उद्योग बाणिज्य संघका सदस्य नबराज तिमिल्सिनाले रत्ननगरमा मोटरबोट सञ्चालन गर्ने सम्भावना रहेको बताए ।

खगरी खोलाको किनारमा पार्क निर्माण गर्ने र खगरीमा मोटरबोट सञ्चालन गर्न सके सौराहामा आउने पर्यटकलाई यहाँ सम्म ल्याउन सकिने उनको भनाई छ ।

यस पटकको महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । पर्यटनको विकासको लागि नयाँ गन्तव्यको पहिचान र धार्मिक पर्यटनको विकासलाई जोड दिइएको महोत्सवमा कृषि क्षेत्रको विकासका लागि मकै बालीको संरक्षण र उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक शंकर गिरीले जानकारी दिए ।

महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै एक परिकार र प्रयोग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारको उपयोग र मकैको बोट देखि अन्य सामाग्रीको प्रयोगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएको संघका उपाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक हरि अधिकारीले जानकारी दिए ।

मकै बालीको संरक्षण र प्रवद्र्धनको लागि महोत्सव स्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ ।

महोत्सवमा रामपुर मकैबाली अनुसनधान केन्द्रबाट २० प्रजातीका मकैको वारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिने कृषि संयोजक अधिकारीले जानकारी दिए ।

रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नेछन् ।

शिक्षक सरुवा प्रकरण : रत्ननगर नगरपालिका सर्वोच्च जाने

रत्ननगर ।उच्च अदालत हेटौडाले रत्ननगर नगरपालिकाले गरेको प्रधानाध्यापक सरुवाको निर्णय खारेज गरिदिएपछी नगरपालिका सर्वोच्च अदालत जाने भएको छ ।

उच्च अदालत हेटौडाले केही दिन अघि नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्धिराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको थियो ।

सरुवाको निर्णय खारेज भएपछी कार्यपालिकाको बैठकले सर्वोच्च जाने निर्णय गरेको मेयर प्रलाद सापकोटाले जानकारी दिए । ‘

उच्च अदालतको निर्णयलाई सम्मान गर्दै हामीसंग भएको विकल्प अनुसार सर्वोच्च अदालत जाने निर्णय गरेका हौं, सापकोटाले भने ।’

चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो । अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ ।

उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।

यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु

चितवन- गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा चितवन रत्ननगर नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् ।

आइतबार राति ८ः४५ बजे राप्ती नगरपालिका–१ महादेवटारमा हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो

टाउको र ढाडमा चोट लागेर गम्भीर घाइते भएका तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति १०ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र, २९ गते उद्घाटन

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा हुने पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सवकाे तयारी तीब्र पारिएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत पाैष २९ गतेदेखि माघ ४ गते सम्म साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव हुँदै छ ।

३२ वटा स्टल रहने खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महाेत्सव टिकाैली चाैरमा २६ गते उद्घाटन हुँदै छ । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महाेत्सव गरिएकाे विसुरालले जानकारी दिए । खाना महाेत्सवका स्थानीय खानाकाे परिकारकाे बजारीकरणमा जाेड दिइएकाे छ ।

दिउसाे टिकाैली स्थित महाेत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारकाे स्वादकाे मज्जा लिने गरी खाना महाेत्सव गरिएकाे हाे । रत्ननगर महाेत्सव पाैष २६ गते राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । यस पटककाे महाेत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएकाे छ ।