कारण देखाउ आदेश जारी

काठमाडौं- सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो ।
अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।
त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/28218

Previous articleलगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि
Next articleबेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।