सवारी दुर्घटनामा स्याङजा चापाकाेटका पुर्व मेयरकाे मृत्यु

स्याङजा- स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गएराति पुतलीबजार नगरपालिका १० सिद्धार्थ राजमार्गको राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार गिरीको मृत्यु भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ घर भएका पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई हुनु भएको थियो । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारि रविन्द्र खनालले जानकारी दिनुभयो ।

स्कार्पियो चालक पुतलिबजार नगरपालिका ९ कोल्माका ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना कसरी भयो भन्ने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28326

Previous articleसोलारबाट सञ्चालन हुँदै लिफ्ट सिँचाइ
Next articleराहदानी विभागले रु पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।