३३ तोला सुनका गहनासहित नगद चोरी

चितवन- पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १२ निवासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार दिउँसो पौने एक बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28455

Previous articleचुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद
Next articleहवाई इन्धनको मूल्य घट्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।