रत्ननगरमा पहिलोपटक व्यवसायिक पुष्प खेती तालिम

उज्यालो नेपाल- रत्ननगरमा पहिलोपटक पुष्प खेती तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ९ को आयोजना र पुष्प विकाश केन्द्र गोदावरीको प्राविधिक सहयोगमा एकदिने सयपत्री पुष्प खेती तालिम सम्पन्न भएको हो। उक्त तालिमबाट ५१  जनालाई प्रशिक्षण दिइएको छ ।

वडा नं. ९ मा रहेको नगरपालिकाको कृषि शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा वडाध्यक्ष अनन्त अधिकारीले रत्ननगरका किसानहरुलाई फुलखेती तर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको बताए । त्यस्तै ‘समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण उप-समिति’ का अध्यक्ष वसन्त रानाले “प्लाष्टिकजन्य फुल आयातलाई निरुत्साहित गर्न पुष्प खेती विस्तार अनिवार्य रहेका कारण तालिम आयोजना गरिएको बताए ।

नगरपालिकाका कृषि शाखा प्रमुख प्रविन लामाले फुलको उत्पादन गरि वजारिकरण गरेर आर्थिक रुपमा धेरै किसान सबल भईरहेको उल्लेख गर्दै अब रत्ननगरमा पनि व्यवसायिक फुलखेती विस्तारमा जोड दिइएको बताए ।

तालिमका सहभागीहरुलाई प्रशिक्षक त्रय सुदिर श्रेष्ठ, बासुसिंह साउद र सुमन्त पोखरेलले प्रशिक्षण दिएका थिए ।

 

https://ujyaalonepalnews.com/archives/28589

Previous articleकमला किनारमा बाढी पर्खिरहेका माझी
Next articleताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।