शौचालय हस्तान्तरण गरेपछि माडीका १५० चेपाङ्ग घरधुरी लाभान्वित

चितवन- युवा व्यवसायीको सामाजिक संस्था राउन्ड टेबल नेपालले चितवनको माडी नगरपालिका वडा नम्बर ७ स्थित पारुली खोलाको बगरमा रहेका चेपाङ्ग बस्तीलाई शौचालय हस्तारण गरेको छ ।

शुक्रबार नगरपालिकाका प्रमुख ताराकुमारी महत्तोको प्रमुख आतिथ्यतामा आधुनिक पक्की शौचालय हस्तान्तरण गरिएको हो । नारायणगढ राउन्ड टेबल १४ र काठमाडौं इलाइट राउन्ड टेबल २ को सहयोगमा ५ लाख ७५ हजार खर्च गरेर उक्त बस्तीमा ४ वटा शौचालय निर्माण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा संस्थाका राउण्ड टेबल नारायणगढ १४ का अध्यक्ष विवेक चाचान, पूर्व अध्यक्ष विकास बर्मा, पंकज अग्रबाल, कपिल सागर कर्माचार्य प्रेम राठी , उपाध्यक्ष डा सन्दिप गर्ग, महासचिव राहुल चाचान, सदस्य जय जोशी, सौरव खेतानको सहभागिता रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/28780

Previous articleनारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध, ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने
Next articleठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी राजमार्गको बिहुँ-घोडाबाँधे खण्डको ठेक्का सम्झौता रद्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।