पदमपुरको भीमोदय मावि नै किन ?

उज्यालो नेपाल- एसईई परीक्षाको नतिजा प्रकाशन पश्चात यतिबेला विद्यार्थीहरु कक्षा ११ अध्ययनको तयारीमा छन् । नतिजा सार्वजनिक भएसंगै कतिपय विद्यार्थीलाई विद्यालय तथा विषय छान्ने चटारो परेको छ । अहिले आफ्नो रोजाइको विषयका कार्यक्रम सञ्चालन भएको विद्यालय धाउनमा व्यस्त देखिन्छन् विद्यार्थी । विद्यार्थीहरू दिनभर विद्यालय डुलेर बुक्लेट ब्रोसर लिन तथा छात्रवृत्तिको बार्गेनिङमा व्यस्त रहेका छन् ।

विभिन्न विद्यालयमा गएर परामर्श लिए पनि कहाँ पढ्ने भनेर निर्णय लिन ग्राहो परिरहेको र जहाँ गयो त्यहीँ राम्रो लाग्ने गरेकोले विद्यालय छनोटमा विद्यार्थी अल्मलिएका छन् । समयमै सहि बिषय र विद्यालय छनोट गर्न नसक्दा बिधार्थीको रकम र समय दुबै खेरा जाने भएकोले यसमा विधार्थी सचेत हुन जरुरी छ ।

विद्यालयहरू विद्यार्थी तान्न तामझाम् गर्दै छन् । कतिपयले विज्ञान प्रदर्शनी, शैक्षिक मेला, विदेशी शिक्षा प्रणालीबारे परामर्शजस्ता क्रियाकलाप गर्न कस्सिएका छन् । शैक्षिक गुणस्तरको चिन्ताभन्दा पनि किशोरकिशोरीलाई तामझाम्मै भुलाउनेतर्फ विद्यालयहरु लागेका छन् यतिबेला । विद्यार्थीमा उत्साहको साथै कहाँ र के पढ्ने भनेर एक प्रकारको अन्योलता पनि छाएको छ ।

तर यदि तपाई चितवनको कालिका नगरपालिका वा यसको आसपास बसोबास गर्नुहुन्छ भने तपाईको लागी कक्षा ११ मा भर्ना हुने एउटा राम्रो विकल्प भीमोदय मावि हुन सक्छ । भीमोदयमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र बाली विज्ञान विषयमा पढाई भईरहेको छ । यदि तपाईको रुची यी विषयमा छन् भने र यो विद्यालय तपाईको पायक पर्ने स्थानमा छ भने यो विद्यालय रोज्नु वुद्धिमता पूर्ण कार्य हुनसक्छ ।

 

https://ujyaalonepalnews.com/?p=29175

Previous articleघुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ
Next articleसोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट: चालक दलका सदस्यसहित ६ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।