हेटौंडाको एक गेष्ट हाउसमा प्रहरीले छापा मार्दा चितवनकी युवतीसहित ७ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेष्ट हाउस सञलक हेटौंडा–२ बस्ने ४१ वर्षीय विक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्ने युवतीहरुमा हेटौंडा-१ चाईना क्वाटर २६ वर्षीया प्रमिला लामा, हेटौंडा-११ थानाभर्याङ बस्ने २२ वर्षीया पुजा लामा, भीमफेदी-२ की २३ वर्षीया ममता लामा, सुनसरी ईटहरी नगरपालिका-१० बस्ने २१ वर्षीया विनिता राई, धरान उपमहानगर-१० बस्ने २० वर्षीया सुवर्ण राई, चितवन भरतपुर महानगर-११ बस्ने २१ वर्षीया आशु दराई र ईलाम माई नगरपालिका-८ बस्ने २६ वर्षीया मन्जिला शेर्पा रहेकी छन् ।

गएराति गेष्ट हाउसमा हो–हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घटनाका बारेमा जानकारी गराएका थिए । गेष्ट हाउसमा हो–हल्ला गरेर लफडा गरेको भन्दै उजुरी परेपछि सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।

गएराति १२ः४५ बजे गेष्ट हाउसमा प्रहरी पुगेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गेष्ट हाउस अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयहरुको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/29414

Previous articleनिर्वाचन आयोगद्वारा ३९ दललाई जरिवाना र १२ दललाई सचेत पत्र
Next articleएक महिनासम्म लाग्ने मत्स्यनारायणको मेला आजदेखि सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।