साढे २४ करोड ठगी आरोपमा विश्वकर्मा पक्राउ

झापा- सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् । झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए ।

विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको रु २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएको आरोप लागेको थियो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितले ठगी मुद्दा दर्ता गरेका थिए ।

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए ।

https://ujyaalonepalnews.com/archives/29533

Previous articleडेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
Next articleसांसद विकास कोषबारे लिखित जवाफ माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।