सडक बिस्तार गर्ने क्रममा ढुंगा खसेर एक जनाका मृत्यु

हुम्ला- माथिबाट आएको ढुङ्गा लागेर च्याछहरामा एक जनाको मृत्यु भएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ३ को च्याछहरामा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर सिमकोट गाउँपालिका वडा नम्वर ७ चौगनफयाका ३६ वर्षीय बागमल शाहीको निधन भएको हो ।

आइतबार विहान गाउँबाट नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सा बजार जाने क्रममा शाहीको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले जानकारी दिनु भएको छ ।

बाटोमा हिंड्ने बटुवाको कुनै पनि वास्ता नगरी हिल्सा सिमकोट सडक खण्डको च्याछहरामा जेसिबिले सडकको बिस्तार कार्य गरिरहेको बेला विहान ९ बजे माथिबाट ढुंगा खसाल्दा शाहीको मृत्यु भएको हो ।

मृतक शाहीसँग अन्य दुई जना शाथीहरु पनि रहेका थिए । तर उनिहरुलाई भने कुनै चोटपटक नलागेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/29630

Previous articleराष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट
Next articleललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।