गुल्मीको मालिकामा एक व्यति मृत फेला

गुल्मी- गुल्मीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नआएपछि आफन्तले खोजी गर्ने क्रममा वडानम्बर ३ दर्लिङबाट पासे जाने पासेखोलास्थित कच्चि मोटर बाटोबाट करिब तीन सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी अर्खवाङवाट खटिएको प्रहरीले जनाएको छ । अन्य विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29958

Previous articleविश्व वातावरण सुविधावापत रु २० करोड २२ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय
Next articleघर अभिलेखिकरणका नाममा तेहेरो शुल्क उठाउँदै पोखरा महानगर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।