संसदीय सुनुवाइ समिति बैठकद्वारा प्रस्तावित प्रधानन्यायधिश विरुद्ध उजुरी आव्ह्वान

काठमाडौं- संसदीय सुनुवाइ समितिको संयुक्त बैठकले प्रस्तावित प्रधानन्यायधिश विरुद्धको उजुरी आव्ह्वान गरेको छ ।

समितिका जेष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको संयुक्त बैठकले १० दिन भित्रमा उजुरी दिन आह्वान गरेको हो ।

उजुरी आव्ह्वानका लागि बैठकले सरकारी संचार माध्यम मार्फत सार्वजनिक सुचना जारी गर्न निर्देशन समेत दिएको छ ।

यसअघी सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायधिशमा नियुक्तिका लागि सर्वोच्चका वरिष्ठतम् न्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/30116

Previous articleराष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
Next articleनवलपरासीमा २४५ उद्योग व्यवसाय बन्द,बन्द हुनेमा कृषि र वनजन्य उद्योग बढी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।