मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले आज बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सो निर्णय गरेको हो ।

https://ujyaalonepalnews.com/archives/30328

Previous articleजनजागृतिलाई उकासेर बिदा भए विनोद सर
Next articleबङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।