अविरल वर्षाले देशैभरको जनजीवन प्रभावित, बर्दिया र दोलखामा डुबानमा परि बुबा-छोरासहित पाँच जना बेपत्ता

काठमाडौं= शनिबारदेखि परेको अबिरल बर्षाका कारण बर्दिया जिल्लामा तीन जना बेपत्ता भएका छन् भने बाढी र डुवानका कारण २ सय ५७ घर प्रभावित भएका छन् ।

बबई नदिमा आएको बाढीमा बगेर आएको दाउरा समात्ने क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका २ पण्डितपुरका महेश चौधरी, वडा नं. ८ थपुवाका अक्षय थारु र वडा नं. १२ भैसाहीका बालकृष्ण थारु बेपत्ता भएका हुन् ।

उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी अबिरल बर्षातका कारण खोलाको पानी पसेर बारबर्दिया नगरपालिका दुधामा ४० घर भगतपुरमा २२ घर र गुलरा गाउँमा १५ घर गरी बारबर्दिया नगरपालिकामा मात्र ७७ घरधुरी प्रभावित भएका छन ।

बाँसगढी नगरपालिका रेशमपुरमा ६० घर र कुनैठीमा १ सय २० घर गरी बाँसगढी नगरपालिकामा १ सय ८० घर प्रभावित भएको जिल्ला आपतकालिन संचालन केन्द्र बर्दियाले जनाएको छ ।

यसैगरी दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30333

Previous articleकंग्रेस संसदीय दल बैठकः सरकार परिवर्तनका बिषयमा कुनै छलफल भएको छैनः सचेतक लेखक
Next articleसंसद सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सांसदहरुको सुझाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।