नगरपालिकाका इन्जिनियर घुससहित रंगेहात पक्राउ

काठमाडौं- धनुषास्थित शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादव घुससहित पक्राउ परेका छन् ।

उनीहरूलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले एक लाख रूपैयाँ रकम र एक लाख ७५ हजार रूपैयाँको चेकसहित रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो ।

https://ujyaalonepalnews.com/archives/30335

Previous articleसंसद सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सांसदहरुको सुझाव
Next articleकानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।