जनमत पार्टीबाट अनितादेवी साहले आज मन्त्रीको सपथ लिनुहुँदै

काठमाडौं- जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सपथ लिंदै हुनुहुन्छ ।

बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो ।

जनमत पार्टीको सचिवसमेत रहनुभएका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ ।

उहाँ किसान आन्दोलनको अग्रमोर्चामा सहभागी हुनुभएको थियो । विसं २०३९ मा औरही गाउँपालिकामा जन्मनुभएकी उहाँले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँ एक दशक महिला अधिकार र समाजसेवासम्बन्धित काममा आबद्ध हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/30339

Previous articleत्रिशुली नदीले खाल्टे क्षेत्रमा कटान गर्न थालेपछि स्थानीय रातभर सुरक्षित क्षेत्रमा बस्न बाध्य
Next articleसाउनको अन्तिम सोमबार (फोटो फिचर)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।