साउनको अन्तिम सोमबार (फोटो फिचर)

काठमाडौं- साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ ।

साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमवार शिवको पूजा आराधान गरे मनोकाक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।

शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको वारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधना सहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।

https://ujyaalonepalnews.com/archives/30340

Previous articleजनमत पार्टीबाट अनितादेवी साहले आज मन्त्रीको सपथ लिनुहुँदै
Next articleविदेशको सीप स्वदेशमा लगाउँदा…
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।