लाइप्जिग जर्मन सुपर कपको च्याम्पियन

बर्लिन, (एजेन्सी) । आरबी लाइप्जिग पहिलोपटक जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।

कीर्तिमानी १० पटकका च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित दर्ता गर्दै आरबी लाइप्जिग पहिलोपटक जर्मन सुपर कपको च्याम्पियन बनेको हो । बेन्चबाट जर्मन सुपर कपको फाइनल सुरुवात गरेका इंग्लिस क्लब टोटेनहम हटस्परका इंग्लिस फरवार्ड ह्यारी केनको आगमनले जर्मन च्याम्पियन बायर्न म्युनिख जर्मन सुपर कपको लागि उच्च मनोबलमा थियो ।

पछिल्लो तीन वर्षदेखि उपाधि जितिरहेको बायर्नबाट धेरैले केनले जर्मनीमा आएको केही घण्टामै आफ्नो पहिलो प्रमुख उपाधि जित्न सक्ने विश्वास गरेका थिए । तर, खेलमा त्यसो भएन । अर्कोतिर खेलमा स्पेनिस विंगर डानी ओल्मोले भने शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनकै ह्याट्रिक सहयोगमा आरबी लाइप्जिग ३–० ले पराजित भएपछि केनको उत्साहजनक आगमन खल्लो बन्न पुग्यो । स्पेनिस फरवार्डले एलिएन्ज एरिनामा लाइप्जिगलाई पहिलोपटक सुपरकप उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाए ।

खेलको दोस्रो मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाएका थिए । उनले बेन्जामिन हेनरिचको पासमा गोल गर्द सफल भए । खेलको ४४औं मिनेटमा ओल्मोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लाइप्जिग पहिलो हाफमा २–० ले अघि बढ्यो । ६८औं मिनेटमा ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै बायर्नलाई लज्जास्पद हार चखाए । पेनाल्टी बक्समा नोउसेइर माज्राओइले हातले बल छुन पुगेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गर्दा ओल्मो चुकेनन् ।

बायर्नले ६३औं मिनेटमा भर्खरै क्लबमा अनुबन्ध भएका इंग्लिस फरवार्ड ह्यारी केनलाई खेलाएपनि खेलको नतिजा बदल्न सकेन । लाइप्जिगसँगको हारसँगै फरवार्ड केन पहिलो ट्रफी जित्नबाट बञ्चित बन्यो । जर्मन सुपर कपमा लाइप्जिग पहिलोपल्ट च्याम्पियन बनेको हो । लाइप्जिग गत संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

https://ujyaalonepalnews.com/archives/30377

Previous articleधादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति
Next articleकैदीबन्दी मृत्यु प्रकरणः कारागार निमित्त प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।