सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै सेवाग्राहीलाई धारिलो हतियार प्रहार

चितवन, भदौ १- रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई धारिलो हतियार प्रहार गरेका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझा करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सौराहाको सिआरसी होटलमा गएर बोहोराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले धारिलो हतियार (दाउ) प्रहार गरेका हुन् । बोहोराले कति पैसा मागेको थिए भन्ने खुलेको छैन ।

बोहोराले थापाको ढाडमा दाउ प्रहार गरेको टाँडी प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://ujyaalonepalnews.com/archives/30505

Previous articleडेङ्गी सङ्क्रमण बढेपछि उपचार प्रभावकारी बनाउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
Next articleभ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।