संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

काठमाडौं- संसदमा जारी अवरोध हटाउने सम्वन्धमा पहल लिदै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आब्हान गर्नु भएको छ ।

केही दिन यता संसद अवरोध सम्वन्धमा सभामुख, प्रधानमन्त्री सहित शीर्ष नेताहरुसँग निरन्तर संवादमा रहनु भएका राष्ट्रपति पौडेले मंगलवारका लागि सर्वदलीय बैठक आब्हान गर्नु भएको हो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्नेसंवै राजनीतिक दलहरुलाई बोलाइएको र बैठक मंगलबार विहान ८ बजे बस्ने राष्ट्रपतिका प्रेस सल्लहाकार किरण पोख्रेलले जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/30563

Previous articleसार्वजनिक ओहोदामा रहेका व्यक्तिको व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरीः प्रधानमन्त्री
Next articleश्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।