Home Uncategorized त्रिशूलीमा बेपत्ता भएका भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल

त्रिशूलीमा बेपत्ता भएका भरतपुरका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारको अपिल

चितवन, भदौं १२- भरतपुर–२९ गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खाना जादा नदीमा बेपत्ता भएका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

भरतपुर–१० हिमाली पथका ३३ वर्षीय प्रजिन श्रेष्ठ र भरतपुर–१० सप्तगण्डकी चोकका ३४ वर्षीय अर्जुन प्रधानलाई खोजी गरिदिन उनीहरुको बुबा, दाई र दिदीले सार्वजनिक अपिल गरेका हुन् ।

परिवारले जारी गरेको सूचनामा भदौं ९ गते शनिबार भरतपुर–२९ भोर्ले गाईघाट क्षेत्रबाट दिनको ४ बजेको समयमा त्रिशूली नदीमा चिप्लेर खसेका साथी अर्जुनलाई जोगाउन जादा आफ्नो छोरा प्रजिनसमेत नदीमा बगेको हुनाले खोजी कार्य गररहेकोमा अहिलेसम्म फेला नपरेकोले उनीहरुलाई नदी किनारमा वा कहीँ कतै देखेमा वा भेटेमा परिवारलाई सम्पर्क गर्न अपिल गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/30808

Previous articleदरबार हाईस्कुलको अस्तित्व जोगाउँदै कामपा
Next articleबहुप्रतीक्षित विद्युत् विधेयक सङ्घीय संसद्‍मा पेश गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।