भोलिदेखि तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक- चीनसँगको उत्तरी सीमानाका तातोपानी भोलिदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका भोलि शुक्रबारदेखि खुल्ने भएको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताउनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

https://ujyaalonepalnews.com/archives/30908

Previous articleसरकार सुशासनको अभियानबाट विश्श्राम लिदैन : उपप्रधानमन्त्री श्रेष्ठ
Next articleउपप्रधानमन्त्री खड्का अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।