काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ ।

विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको छ ।

हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्थासमेत गरिएको प्राधिरकरणले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30959

Previous articleएसिया कप क्रिकेट: आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
Next articleस्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।