स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ

सिरहा- सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ परेका छ्न् । भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा कार अगाडिको सिट मुनि राखेर लुकाइ छिपाइ ल्याएको अवस्थामा रकमसहित उनिहरुलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा चालक सिरहा नगरपालिका वडा न-१७ माडर बस्ने अन्दाजी वर्ष -५२ का प्रेम कुमार यादब र सोही कारमा सवार वडा न-७ का वर्ष-४२ का सन्जय कुमार साह रहेका छन् ।

बरामद रकम र कारसहित निजहरुलाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाका डिएसपी रबिन्द्र राज पान्डेले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30960

Previous articleकाठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने
Next articleसरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।