गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मी- गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थी चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताउनुभयो ।

सोमबार दिउँसो विद्यालयमै पठनपाठन गरिरहेको समयमा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

कक्षा ६ मा पढने इसा घर्ति, अनसुसा बिक,भरत बिक र कक्ष ८ मा पढने अनिसा सुनारलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । अन्य घाइते ४ जना स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि फर्केका छन् ।

https://ujyaalonepalnews.com/archives/31022

Previous articleभारत विरुद्धको खेलमा नेपालले सातौ विकेट गुमायो
Next articleएशिया कप क्रिकेटः नेपालद्वारा भारतलाई २३१ रनको लक्ष्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।