एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, नीजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश हुने

दाङ- करिब एक महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडी बढाउने तयारी छ । आज बस्ने बैठकको कार्यसूचिमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ ।

यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो । सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछी बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । आजको बैठकमा विधेयकको बारेमा बनेको प्रतिवेदन मात्रै पेश हुनेछ ।

विधेयक पास गर्नकोलागी अर्को बैठक कुर्नुपर्ने देखिएको छ । यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धि जानकारी दिने, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसदहरुले बोल्ने कार्यक्रम रहेको छ ।

https://ujyaalonepalnews.com/archives/31128

Previous articleचालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
Next articleजनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, यसरी निम्तियो सङ्कट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।