कोरोना त्रास : चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी बनेका छन्।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घरबाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैद भएका हुन्।

तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएकाे छ। 

यस्तै त्यहाँ निजी कार प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित छन्।

त्यहाँ आइतबाररसम्म १ हजार ६ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नयाँ कोरोनाभाइरसलाई कोभिड-१९ नाम दिइएको छ। यसकाे सङ्क्रमण भएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

विश्वकै लामो पदयात्रा मिथिला परिक्रमाकाे आज सातौ दिन, कञ्चनवनमा पुगेर होली खेलिने

Previous articleसुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि हुने
Next articleजापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।